कोरोनाका कारण साना मुलुकको विकास खतरामा

काठमाडौँ, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विशेषगरी विकासोन्मुख, अतिकम विकसित र साना मुलुकहरूले दुःखका साथ गरेको विकासलाई खतरामा पारेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घ महासभाको ७५औँ साधारण सभाका विविध कार्यक्रममध्ये एक दिगो विकाससम्बन्धी एक उच्च स्तरीय बैठक ९एसडीजी मोमेन्ट–२०२०० लाई शनिबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनु भएको हो ।

दिगो विकासको लक्ष्यलाई अगाडि बढाउन अहिलेको प्रतिकूल अवस्थाका कारण नसकिने भन्दै उहाँले विश्वव्यापी कार्यलाई भने स्पष्टताका साथ जारी राख्नुपर्नेमा जोड दिनुभयो । गोरखा पत्रमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया