‘कृषकका गु’नासा ह’ट्न समय लाग्छ ’

फाईल फोटो

चितवन, १३ मङ्सिर / कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषक र उपभोक्ताबीचको दूरी हटेर जाने बताउनुभएको छ । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उहाँले कृषक र उपभोक्ताबीचको दूरी घटाउने गरी सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “कृषकका गु’नासा ह’ट्न समय लाग्छ । कृषक र उपभोक्ताबीचको दूरी कम हुँदा ठूला समस्याको सामाधान हुन्छ ।” कृषि क्षेत्रमा आधुनिकीकरणको शुरुआत भइसकेको जनाउँदै उहाँले यस क्षेत्रको भविष्य राम्रो रहेको बताउनुभयो ।

फरक प्रसङ्गमा कृषिमन्त्री भुषालले सरकारले भ्र’ष्टाचार र विसङ्गतिलाई नियन्त्रणका लागि काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कसको रिपोर्ट के आउँछ भन्ने अर्को कुरा हो । मुलुकप्रति जिम्मेवार सरकारले भ्र’ष्टाचार र वि’सङ्गतिलाई नियन्त्रण गर्नुपर्छ ।” उहाँले पार्टीभित्रको वि’वादलाई विधिभित्र राखेर समाधान गर्ने जानकारी दिनुभयो । पार्टी दुवै अध्यक्षलाई विधिभित्र राखेर समस्या समाधान गर्ने प्रयासमा दोस्रो तहका नेतासँगै सिङ्गो पार्टी रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पार्टी एउटा घर हो । तपाई हाम्रो घरभित्र समस्यारहित छैन । त्यस्तै हो यो । वि’वाद मिलाउँदै जानुपर्छ ।” ठूलो पार्टीभित्र वि’वाद हुनु स्वभाविक भएको उहाँको जिकिर थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया