काठमाडौँ, १७ असार । वै’द्धिक सनातन धर्ममा एकादशी म’हात्म्यको निकै महत्व रहेको छ । आज हरिशयनी एकादशी हिन्दू धर्मालम्बीहरुले आ–आफ्नो घरमा तुलसीको बिरुवा रोपी पूजा गरी मनाउदै छन् । हरेक वर्ष आषढ शु’क्ल एकादशीका दिन हरिशयनी मनाउने गरिन्छ । आजको दिन नुवाइ धुवाइ गरेर विहानै देखि ब्रत बसी साझ तुलसीको पुजा गर्ने चलन छ ।
आ’ग्य दाय’क, महाऔषधीय गुण भएको तुलसी घरआँगनमा रोपेर भगवान विष्णुको प्रतिकका रुपमा पूजा गर्ने प्रचलन रहेको छ । हरिशयनी एकादशीसँगै आजदेखि चतुर्मास ब्रत पनि शुरु भएको छ ।
भगवान विष्णु आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको दिन शयन गरी कात्तिक शुक्ल एकादशीको दिन ब्यूँ’झने मान्यताका साथ चतुर्मास भरी विष्णुको पूजा गर्ने, ब्रत बस्ने चलन छ । अरु ब्रत भन्दा एकादशी ब्रतको फल छिटै मिल्ने जनबिस्वास रहेको छ ।







