कस्तो रहला त तपाइँको आजको दिन, हेर्नुहोस् आज जेष्ठ ३० गते बिहिबारको राशिफल !

वि.सं. २०७६ जेठ ३०। बिहीबार। इ.स. २०१९ जुन १३। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। एकादशी, १७:३३ उप्रान्त द्वादशी। नक्षत्र– चित्रा, १२:०९ बजेउप्रान्त स्वाती। योग– वरियान्, ५:१८ बजेदेखि परिघ, २६:५१ बजेउप्रान्त शिव। करण– वणिज, ६:२८ बजेदेखि भद्रा, १७:३३ बजेपछि वव, २८:४३ बजेउप्रान्त वालव। आनन्दादिमा चर योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ५:०९ बजे, सूर्यास्त– १८:५८ बजे र दिनमान ३४ घडी ३३ पला। निर्जला एकादशी व्रत। तुलसीबीजरोपण (तुलसीको दल राख्ने दिवस)।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

मानसिक रुपले स्वस्थ रहनु हुनेछ । पारिवारिक जीवन सुखी रहनेछ । प्रवास र सुरुचिपूर्ण भोजनको योग छ । हराएको वस्तु मिल्ने अधिक सम्भावना छ । आफ्नो विचार र आवेशलाई अंकुशमा राख्नु होला । विदेशी व्यापारसंग जोडिएका मानिसहरुलाई सफलता र लाभ मिल्नेछ । बौद्धिक चर्चा विवाद नगरी समाधानकारी व्यवहार अपनआउनु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मनमा आनन्द छाइ रहनेछ । व्यवस्थितरुपले कार्यमा अघि बढ्न सक्नु हुनेछ । साथै सबै कार्य योजना अनुसार गर्न पनि सक्नु हुनेछ । माइती पक्षबाट शुभ समाचार मिल्ने अधिक सम्भावना छ । स्वास्थ्य राम्रो रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

दिन मध्यम रहनेछ । नया कार्य प्रारम्भ गर्न निकै राम्रो दिन रहेको छ । जीवनसाथी र सन्तानको विषयमा चिन्ता रहनेछ । जस कारण मनमा उद्वेग रहनेछ । पेटमा समस्या आउनेछ । अधिक खर्च हुनेछ । विद्यार्थीको लागी अनुकुल समय छ । सम्भवत वादविवादलाई स्थगित गर्नु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आज तपाइँ सम्हालिएर चल्नु होला । शारीरिक स्फूर्ति और मानसिक प्रसन्नता बनाइ राख्न आज थोरै कष्ट अनुभव गर्नु हुनेछ । छातीमा पिडा अथवा अन्य विकारले कष्टको अनुभव गर्नु हुनेछ । घरका सदस्यको साथ चर्चा या वाद-विवाद हुँदा मन दुखि हुनेछ । अधिक धन खाच हुनेछ । सामाजिकरुपमा मानहानी हुन सक्दछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कार्य सफलता र प्रतिस्पर्धामा विजय मिल्दा मनमा प्रशन्नता छाइ रहनेछ । भाई-बहिनिको साथ सम्बन्धमा मिठास रहनेछ । मित्र तथा स्नेहीजनको साथ कुनै रमणीय पर्यटनस्थलमा घुम फिरको आनन्द उठाउन सक्नु हुनेछ । तपाइँको स्वास्थ्य पनि राम्रो रहनेछ । आर्थिकरुप बाट पनि लाभ हुनेछ । भाग्यवृद्धिको सम्भावना छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

तपाइँको लागी आजको निकै शुभ रहेको छ । वाणीको मधुरताले अरु मानिसमा सकारात्मक छाप छोड्न सक्नु हुनेछ । पारिवारिक वातावरण पनि राम्रो रहनेछ । वाणीमा संयम राख्नु होला । आर्थिक कार्य सुख पूर्वक सम्पन्न हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शारीरिक र मानसिक ताजापनको साथ घरमा आनन्दको वातावरण छाउनेछ । मित्र एवम् स्नेहीजनको साथ भेट हुनेछ । मित्रबाट लाभ हुनेछ । शुभकार्यको आरम्भको लागी आजको दिन अनुकुल छ । कार्य सफलता र प्रिय व्यक्तिको साथ रहने हुँदा तपाइँ आनन्दित महशुस गर्नु हुनेछ । आर्थिक लाभ र भाग्य वृद्धिको सम्भावना छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आजको लाभदायक दिनले तपाइँको वैचारिक सम्वृद्धि बढ्नेछ । वाकपटुता र मिठो वाणीले तपाइँ लाभप्रद सौहार्दपूर्ण सम्बन्ध विकशित गर्न सक्नु हुनेछ । उत्तम भोजन, उपहार र वस्त्रको प्राप्ति हुनेछ । शारीरिक तथा मानसिक स्वस्थता रहनेछ । आनन्द प्राप्ति, जिवनसाथीको निकटता र प्रवास- पर्यटनले तपाइँको दिन खुसि साथ बित्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज कुनै पनि खालको असंयमित र अनैतिक व्यवहारले तपाइँलाई समस्यामा पुर्याउन सक्दछ । दुर्घटनाबाट बच्नु होला । वाणीको शिथिलताले ठूलै समस्या निम्त्याउनेछ । संगी-सम्बन्धीको साथ मनमुटाव हुनेछ । मनोरंजनमा धन खर्च हुनेछ । शारीरिक, मानसिक व्यग्रता कम गर्नको निम्ति आध्यात्मिकता सहायक साबित हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

तपाइँको वाणीको जादुले कसैलाई अभिभूत गराई तपाइँलाई लाभ दिलाउनेछ । वाणीको सौम्यता नयाँ सम्बन्ध द्थापित गर्नमा सहायक बन्नेछ । शुभकार्य गर्ने प्रेरणा मिल्नेछ । पठन- लेखन जस्ता साहित्यिक प्रवित्तिमा अभिरुचि बढ्नेछ । परिश्रमको अपेक्षित परिणाम नामिलेता पनि तपाइँको काममा तत्परता र कुशलता तपाइँको प्रगतिमा सहायक बन्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

निषेधात्मक कार्य तथा नकारात्मक विचारबाट ताषा रहनु होला । परिणाम स्वरुप मानसिक थकानको अनुभव हुनेछ । विचारले अधिक सताउनेछ । क्रोध अधिक मात्रामा नहोस् यसको ख्याल राख्नु होला । ध्यान र आध्यात्मिकताले तपाइँको मनलाई शान्ती प्रदान गर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

लामो अवधीको आर्थिक योजनाको लागी अनुकुल दिन छ । आर्थिक र व्यावसायिक दृष्टिले लाभदायक दिन छ । शारीरिक र मानसिक स्फूर्ति र ताजापनको अनुभव गर्नु हुनेछ । मित्र तथा स्वजनको तर्फबात उपहार मिल्नेछ । उनीहरुको साथ आनन्दमा समय व्यतित हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया