कस्तो रहला त तपाइँको आजको दिन, हेर्नुहोस् आज जेठ १ गते बुधबारको राशिफल !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

तन मनको स्वास्थ्य राम्रो रहनेछ । खर्चको चिन्ताले मन अशान्त रहन सक्दछ । वाणीमा संयम राख्नु अति आवश्यक छ । घरको अतिरिक्त बाहिरको कान-पानलाई सम्भवत आज स्थगित गर्नु उचित हुनेछ । कार्यालयमा स्त्री सहकर्मीबाट लाभ हुनेछ । मनमा नकारात्मक एवम् निराशपूर्ण विचार आउन नदिनु होला । आर्थिक दृष्टिकोणले दिन मध्यम फलदायी रहेको छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

शारीरिक र मानसिक स्वास्थ्य निकै राम्रो रहनेछ । कार्य प्रति एकाग्र हुन सरल महशुस हुनेछ । धन लाभको सम्भावना छ । परिवारजनको साथ सुखपूर्वक समय बित्नेछ । आफ्नो बढ्दो आत्मविश्वास स्वयम्ले अनुभव गर्नु हुनेछ ।धन सम्बन्धित विषयलाई सुयोजित गर्नु सम्भव छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आजको दिन कष्टदायी हुने हुँदा हर कार्यमा सावधानी अपनाउनु होला । परिवारजन एवम् सन्तानको साथ मनमुटाव हुन सक्दछ । उग्रता एवम् आवेगमा संयम राख्नु होला । शारीरिक स्वास्थ्य बिग्रन सक्दछ । विशेष गरि आँखामा पिडा हुन सक्दछ । दुर्घटना एवम् आकस्मिक खर्चको लागी तैयार रहनु होला । भाषा एवम् व्यवहारमा नम्रता कायम राख्नु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आजको दिन आनन्द र उल्लासमा बित्नेछ । व्यापारमा लाभ हुनुका साथै आयको श्रोतमा पनि वृद्धि हुनेछ । मित्रको साथ भएको भेटले आनन्द दिनेछ । विवाहोत्सुकको लागी विवाहको राम्रो योग छ । शारीरिक एवम् मानसिक स्वास्थ्य राम्रो रहनेछ । कुनै सुन्दर पर्यटन स्थलमा जाने आयोजन हुनेछ । पत्नी र पुत्रबाट सुख शान्ती मिल्नेछ । धनको सुयोजित आयोजना गर्न सक्नु हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

तपाइँको दृढ मनोबल एवम् भरपूर आत्मविश्वासको साथ हर कार्य सफलतापूर्वक सम्पन्न हुनेछ । व्यवसायको क्षेत्रमा प्रतिभा बढ्नेछ । पदोन्नतिको सम्भावना छ । पिताको सम्पतिबाट लाभ हुनेछ । कला एवम् खेलकुदमा निपुण व्यक्तिलाई आफ्नो कला प्रदर्शन गर्न सक्नु हुनेछ । सरकारको साथको धनको व्यवहार सफल हुनेछ । जमिन घरको दस्तावेजको लागी योग्य समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन निकै शुभ रहनेछ । धार्मिक कार्य एवम् यात्राको लागी अनुकुल समय छ । मित्रको साथ भेटघाटले आनन्द महशुस हुनेछ । स्त्री मित्रबाट लाभ हुनेछ । विदेशगमनोत्सुकको लागी अनुकुल परिस्थितिको निर्माण हुनेछ । विदेश स्थित स्नेहीजनको समाचार मिल्दा आनन्द हुनेछ । भाई-बहिनिबाट आर्थिक लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

वाणीमा संयम राख्नु होला । सरकार विरोधी, कामवृत्ति एवम् क्रोधमा संयम राख्नु होला । नयाँ सम्बन्ध अनिष्टकारक हुन सक्दछ । आर्थिक संकट आउन सक्दछ । यस्तो समयमा इश्वरको आराधना एवम् आध्यात्मिकताले मनलाई शान्ती प्रदान गर्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज समय दैनिक कार्यलाई बिर्सेर आनन्द प्रमोदमा रमाउन सक्नु हुनेछ । कुनै मनोरंजन स्थल या पर्यटन स्थलमा जाँदा मन अति प्रशन्न हुनेछ । समाजमा मान-सम्मानको प्राप्ति हुनेछ । मित्र स्वजनको साथ घुमफिर आनन्दप्रद हुन सक्दछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आजको दिन हर्षोल्लासमा बित्नेछ । परिवारमा आनन्दको वातावरण छाउनेछ । मन प्रफुल्लित रहनेछ । शारीरिक सस्थ्य राम्रो रहनेछ । व्यवसायको निम्ति लाभदायक दिन रहेको छ । सहकर्मीको सहयोग मिल्नुका साथै आर्थिक लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

निर्णायत्मकताको अभावले मन चिन्ताग्रस्त रहनेछ । स्वास्थ्यको विषयमा चिन्ताले सताउनेछ । सन्तानको साथ मतभेद हुने सम्भावना रहनुका साथै उनीहरुको स्वास्थ्यको चिन्ताले सताउनेछ । प्रतिस्पर्धीको साथ विवाद नगर्नु नै उचित हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज तपाइँको मन निकै संबेदनशील रहनेछ । मानसिक रुपले अस्वस्थ अनुभव गर्नु हुनेछ । आज आयोजित हरेक कार्य राम्रो संग सम्पन्न हुनेछ । स्त्रीको सौन्दर्य प्रसाधनको लागी खर्च हुनेछ । जमिन, घर वहान आदीको दस्तावेज गर्दा निकैस आवधानी अपनाउनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

अत्यावश्यक निर्णयको लागी अति उत्तम दिन रहेको छ । सृजनात्मक शक्तिमा वृद्धि हुनेछ । वैचारिक दृढता एवम् मानसिक स्थिरताको कारण कार्य सफलतामा सरलता हुनेछ । जिवनसाथीको पूर्ण सहयोग मिल्नेछ । कुनै पर्यटन स्थलको घुमफिरले मन अति प्रशन्न रहनेछ । स्वजनको साथ निकटता बढ्नेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।                                                                                                         ।

फेसबुकबाट तपाईको प्रतिक्रिया