कस्तो रहला त तपाइँको आजको दिन, हेर्नुहोस् आज १८ गते सोमबारको राशिफल !

वि.सं. २०७५ साल चैत १८ गते। सोमबार। इश्वी सन् २०१९ अप्रिल १ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– एकादशी, ६:४७ बजेउप्रान्त द्वादशी। नक्षत्र– धनिष्ठा, २२:२७ बजेउप्रान्त शतभिषा। योग– साध्य, २०:५९ बजेउप्रान्त शुभ। करण– वालव, ६:४६ बजेदेखि कौलव, १९:४९ बजेउप्रान्त तैतिल। आनन्दादिमा शुभ योग। चन्द्रराशि– मकर, ९:०८ बजेउप्रान्त कुम्भ। काठमाडौंमा सूर्योदय– ५:५७ बजे, सूर्यास्त– १८:२० बजे र दिनमान ३० घडी ५८ पला। पापमोचनी एकादशी व्रत। धनिष्ठा पञ्चक ९:०८ बजे प्रारम्भ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आजको दिन तपाइँको लागी लाभदायक छ । व्यापार र व्यवसायमा पनि सफलता मिल्ने सम्भावना अधिक रहेको छ । आयमा वृद्धि हुनेछ । आनन्द-प्रमोद र मनोरन्जन प्रवृति दिन भर चलि नै रहन्छ । घरको सजावटमा नयाँपन आउनेछ । वहान सुख मिल्नेछ । सामाजिक प्रसङ्गमा कहिँ बाहिर जाने प्रसंग उत्पन्न हुनेछ । रमणीय स्थानमा प्रवासको आनन्द उठाउन सक्नु हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आजको दिन तपाइँ व्यापार विकशित गर्न तर्फ अधिक ध्यान दिने हुनेछ । नयाँ योजना र विचारधाराको नवीनताबाट व्यापार प्रगतीको दिशामा अग्रसर हुन थाल्दछ । कार्य सफलतामा विलम्ब हुनेछ । मध्याहन पश्चात व्यापारमा अनुकुल वातावरण सर्जित हुन सक्दछ । यहि कार्यको लागी कहिँ बाहिर जाने प्रसङ्ग पनि उत्पन्न हुन सक्दछ । पदोन्नतिको संभावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

खान-पानमा विशेष ध्यान दिनु होला । नकारात्मन विचारलाई मनबाट निकाल्दा निराशाको अवस्थाबाट निस्कन सक्नु हुनेछ । अनैतिक र अप्रमाणिक कार्यले विपत्तिमा पुर्याउन सक्दछ । सम्भवत त्यसबाट टाढा रहनु होला । आकस्मिक प्रभावको सुयोग निकै राम्रो छ । मध्याहन पश्चात राम्रो प्रवित्तिको योग छ । लेखन र साहित्य प्रति विशेष रुचि रहनेछ । व्यापारमा विकाश हुने हुँदा नयाँ योजनाहरु पनि कार्यान्वयनमा आउनेछन् । शिर्ष अधिकारीहरुको सक्थ वाद विवादमा नपर्नु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

कसैको साथ भावनात्मक सम्बन्धमा बाँधिन सक्नु हुनेछ र उक्त सम्बन्धमा आज केहि अधिक भावानाशील रहनु हुनेछ । आनन्द प्रमोद तथा मनोरन्जक प्रवृत्तिले मन प्रफुल्लित राख्नेछ । यस प्रवृत्तिमा मित्रको सहकार्य मिल्दा मनोरंजन र आनन्द दुई गुणा हुनेछ । मध्याहन पश्चात तपाइँको स्वास्थ्य बिग्रन सक्दछ । वहान चलाउँदा ध्यान राख्नु होला । क्रोधमा संयमता अपनाउनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापारको विस्तृतिकरणको निम्ति धको आयोजन गर्न निकै अनुकुल दिन रहेको छ । धन प्राप्तिको प्रवल योग छ । व्याज, दलाली आदि द्वारा आयमा वृद्धि हुने सम्भावना रहेको छ । आर्थिक रुपबाट आय हुने हुँदा आर्थिक कष्ट टाढा हुनेछ । राम्रो वस्त्र र खान-पानले मन प्रफुल्लित हुनेछ । छोटो प्रवास या पर्यटनको योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

वास्त्राभुषणको किनमेल तपाइँको लागे रोमाञ्चक र आनन्ददायी रहनेछ । कलाको प्रति तपाइँको अभिरुची विशेष रहनेछ । व्यापारमा विखाश हुने हुँदा मनमा आनन्द छाई रहनेछ । व्यवसायमा अनुकुल समय रहनेछ । प्रतिस्पर्धी माथि विजय प्राप्ती हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आजको दिन तपाइँको लागी मध्यम फलदायी रहनेछ । स्थावर सम्पति सम्बन्धी दस्तावेज गर्दा सावधानी अपनाउनु होला । माताको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ । परिवारमा मनमुटाव नहोस् यसको ध्यान राख्नु होला । मध्याहन पश्चात स्वस्थ अनुभव गर्नु हुनेछ । स्र्जनात्मक प्रवित्ति तर्फ ध्यान जानेछ । विद्यार्थीको लागी अनुकुल समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आजको दिन व्यवसायीको लागी निकै अनुकुल छ । गृहस्थजिवनमा उल्झिएका प्रश्नहरुको समाधान मिल्नेछ । साथमा स्थावर सम्पति संग जोडिएका कार्यहरुबाट मार्ग मिल्नेछ । भाई-बहिनिको साथ सम्बन्धमा प्रेम बनि रहनेछ । मध्याहन पश्चातको कार्यमा प्रतिकुलतामा वृद्धि हुनेछ । शारीरिक र मानसिक रुपबाट चिन्ता अनुभव हुनेछ ।सामाजिक क्षेत्रमा असफलता हुनेछ । परिवारजनको साथ मतभेद हुन सक्छ । धन हानी हुने योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

वाणी र व्यवहारमा संयम रहँदा मनमुटावबाट बच्न सक्नु हुनेछ । आध्यात्मिक विचार र प्रवृत्तिमा दिनभर मन लाग्नेछ । विद्यार्थीहरुले पढ्न-लेख्नमा एकाग्रता राख्नु पर्नेछ । मध्याहन पश्चात चिन्ता निवारण गर्ने उपाय मिल्दा मानसिक शान्तीको अनुभव हुनेछ । शारीरिक र मानसिक रुपले स्वस्थ रहनु हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यवसायिक क्षेत्रमा अनुकुल वातावरण मिल्नेछ । आजको प्रत्येक कार्य विना बिघ्न सम्पन्न हुनेछ । गृहस्थजिवनमा डरलाग्दो वातावरण बन्नेछ । आध्यात्मिक प्रवृत्तिमा तपाइँको अभिरुची रहनेछ । कार्यालयमा तपाइँको प्रभाव बनि रहनेछ । मध्याहन पश्चात तपाइँको मनमा नकारात्मक विचार आउने हुँदा मनमा निराशा छाउनेछ । निर्णय शक्तिको अभाव रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मानसिक रुपले धार्मिक भावनाको उदय हुनेछ । धार्मिक कार्य र यात्रामा धन खर्च हुनेछ । कोर्टको कार्यमा सफलता मिल्नेछ । पुण्य कार्यमा धन खर्च हुनेछ । इश्वरको आराधनाले मनमा शान्ती मिल्नेछ । मध्याहन पश्चाता तपाइँको हरेक कार्य सरलता पूर्वक सम्पन्न हुनेछ । शारीरिक स्वास्थ्य राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

शेयरबाट आर्थिक लाभ हुनेछ । विवाहोत्सुकलाई योग्य पात्र मिल्नेछ । व्यवसायिक क्षेत्रमा पनि लाभ हुनेछ । पारिवारिक जिवनमा सुख शान्ती छाउनेछ । मनोहर स्थलमा प्रवासको सम्भावना छ । मित्रबाट लाभ हुनेछ । मध्याहन पश्चात कुनै कारणवश मानसिक रुपले चिन्तित रहनु हुनेछ । धार्मिक कार्यमा अधिक धन खर्च हुनेछ । परिवारमा शान्ती पूर्वक वातावरण रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया