कस्तो रहला तपाइँको आजको दिन, हेर्नुहोस् आज भदौ ३ ,मंगलबारको राशिफल !

वि.सं. २०७६ भदौ ३,मंगलबार, इ.स. २०१९ अगस्ट २०, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन,वर्षा ऋतु, ने.सं. ११३९ गुँलागा, भाद्र कृष्णपक्ष, पञ्चमी, २५:३९ उप्रान्त षष्ठी, नक्षत्र– रेवती, २०:१४ बजेउप्रान्त अश्विनी,योग– शूल, १५:३५ बजेउप्रान्त गण्ड, करण– कौलव, १२:५७ बजेदेखि तैतिल, २५:३९ बजेउप्रान्त गर, आनन्दादिमा शुभ योग, चन्द्रराशि– मीन, २०:१४ बजेउप्रान्त मेष, सूर्योदय– ५:३७ बजे, सूर्यास्त– १८:३६ बजे र दिनमान ३२ घडी ७ पला। पञ्चक २०:१४ बजे समाप्ति। बिरुडा पञ्चमी। डाँछीस्थित कोलमती घाटमा स्नान। ललितपुरमा नृसिंह यात्रा (उपाकलँसाया)। सर्वार्थसिद्धि योग २०:१४ बजेदेखि।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज तपाइँको दिन मध्यम फलदायी रहनेछ । स्वास्थ्यमा केहि गडबडी हुन सक्दछ । शारीरिक थकानको अनुभव गर्नु हुनेछ । सम्भवत प्रवासलाई स्थगित गर्नु होला । जिद्दीपनालाई त्याग्नु होला । सन्तानको विषयमा चिन्तित रहनु हुनेछ । कार्य सफलता प्राप्त हुनेछ । परिवारजनको साथ मनमुटाव हुन सक्दछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आजको दिन मध्यम फलदायी रहनेछ । आज कुनै पनि कार्य दृढ मनोबल र पूर्ण विश्वासको साथ सम्पन्न गर्न सक्नु हुनेछ । तपाइँ प्रति तपाइँको पिताको व्यवहार निकै राम्रो रहनेछ । पिता एवम् पैत्रिक सम्पतिबाट लाभ हुने योग छ । पिताको व्यवहार राम्रो रहनेछ । कलाकार तथा खेलाडीको लागी निकै राम्रो दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आजको दिन तपाइँको लागी निकै राम्रो र लाभदायी रहनेछ । बन्धु-बान्धव तथा छिमेकसंगको सम्बन्ध निकै राम्रो छ । आर्थिक रुपबाट सजग रहनु हुनेछ । मन चंचल रहँदा विचारमा शिघ्र परिवर्तन आउनेछ । तन मन देखि नै स्फुर्तीको आभास हुनेछ । नयाँ कार्य प्रारम्भ गर्नको लागी राम्रो दिन छ । भाग्यवृद्धिको योग छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुँनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुँनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुँनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,ट)

राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । कृषि,पशुपालन तथा घरजग्गाको कारोबार गर्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि प्रसस्त आय आर्जन गर्न सक्नेछन् ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुँनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुँनेछन् । समय तपाईकै पक्षमा रहने तथा आर्थिक ब्याबस्थापनका पाटाहरु मजभुत हुँने हुँनाले जविन शैलिमा उल्लेख्य सुधार आउँनेछ । प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त)

तपाईको प्रखर बोलिले सबैको मन जित्नेछ भने थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईलाई जनमानसमा लैजान सकिनेछ । सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा वरिपरि देख्न तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । कला तथा साहित्यतिर समय दिनेहरुले आजको दिन मनग्गे आम्दानि गर्न सक्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ भने राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्न सक्नेछन् । निर्णय क्षमतामा बृद्धि हुँनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुँनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुँनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुँनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुँनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् । भौतिक तथा सवारि साधन प्राप्तिको योग रहेको छ । चिठ्ठा तथा उपाहार प्राप्तिको गतिलो सम्भावना रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँनेछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । बुवा तथा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिशिष्ट ब्याक्तिहरु सँग भेट हुँनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया