वि.सं. २०७६ साउन १२, आइतबार, इ.स. २०१९ जुलाई २८, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु। ने.सं. ११३९ दिल्लागा। श्रावण कृष्णपक्ष। एकादशी, १४:५९ उप्रान्त द्वादशी। नक्षत्र– रोहिणी, १६:४१ बजेउप्रान्त मृगशिरा। योग– ध्रुव, २७:०५ बजेउप्रान्त व्याघात। करण– वालव, १४:५९ बजेदेखि कौलव, २६:३३ बजेउप्रान्त तैतिल। आनन्दादिमा धाता योग। चन्द्रराशि– वृष, २८:३७ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ५:२५ बजे, सूर्यास्त– १८:५४ बजे र दिनमान ३३ घडी २ पला। द्विपुष्कर योग १६:४१ बजे प्रारम्भ। कामिका एकादशी व्रत।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तन मनबाट हल्कापनको अनुभव गर्नु हुनेछ । उत्साहमा वृद्धि हुनेछ । मन संबेदनशिलताले भरिपूर्ण रहनेछ । कल्पनाशक्तिमा वृद्धि हुने हुँदा काल्पनिक दुनियाको आनन्द उठाउन सक्नु हुनेछ । पारिवारिक विषयमा रुची हुनेछ । प्रवासको आयोजना हुन सक्दछ । रुचिकर भोजन सुख प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य सम्पन्नमा बिलम्ब हुन सक्दछ । प्रयास जारी राख्नु होला । यसो गर्दा तपाइँको कार्य निर्धारित रुपमा सम्पन्न हुनेछ । आर्थिक आयोजनामा प्रारम्भमा केही वाधा आए पनि पछी मार्ग खुल्नेछ । नोकरी तथा व्यवसायिक स्थलमा सहकर्मी संगको वातावरण राम्रो रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मित्र तथा स्नेहीजनको साथ उल्लासमय वातावरणमा दिन बित्नेछ । प्रवास या यात्राको सम्भावना रहेको छ । सुरुचिपूर्ण भोजनको स्वाद लिन सक्नु हुनेछ । आर्थिक लाभको दिन छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अधिक भावुकताको कारण मन चिन्तित रहनेछ । स्त्रीवर्गबाट सम्हालिएर रहनु होला । दलीलबाजी या चर्चा, विवादबाट बच्नु होला । कोर्टको मामलामा सावधानीपूर्वक रहनु होला । व्यवहारमा संयम र विवेक राख्नु होला । अधिक खर्च हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन आनन्द उल्लासमा बित्नेछ । आज तपाईलाई विविध क्षेत्रमा लाभ मिल्नेछ । स्त्री मित्रको महत्वपूर्ण भूमिका रहनेछ । मित्रको साथ सुन्दर, मनोहर स्थलको आयोजन गर्न सक्नु हुनेछ । सन्तानको शुभ समाचार मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन तपाइँको लागी शुभ रहनेछ । नोकरी या व्यवसायिक क्षेत्रमा अनुकुल वातावरण रहनेछ । शिर्ष अधिकारीहरुको साथ महत्वपूर्ण चर्चा हुनेछ । पदोन्नतिको सम्भावना छ । पारिवारिक जीवनमा प्रफुल्लित वातावरण रहनेछ । माताको तर्फबाट लाभ हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
नोकरी तथा व्यावसायिक स्थलमा सम्हालिएर कार्य गर्नु होला । शारीरिक रुपमा आलाश्यको अनुभव हुनेछ । सन्तानको साथ मतभेद रहनेछ । सम्भवत महत्वपूर्ण निर्णयलाई स्थगित गर्नु होला । खर्चको सम्भावना छ । छोटो प्रवासको आयोजना हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज कुनै पनि कार्यको प्रारम्भ गर्नु होला । बिरामीको उपचारको प्रारम्भ पनि नगर्नु होला । अनैतिक सम्बन्ध र निषेधात्मक कार्यबाट टाढा रहनु होला । इश्वरको ध्यान योग आराधनाले मन शान्त रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन शुभ बित्नेछ । व्यावसायिक क्षेत्रमा व्यापार विकशित हुने सम्भावना छ । दलाली, कमिशन, ब्याज आदिको आयमा वृद्धि हुनेछ । आर्थिक स्तर बलियो हुनेछ । मान-प्रतिष्ठामा वृद्धि हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज तपाइँको दिन आनन्ददायी रहनेछ । कार्यमा सफलता, यश-कीर्ति प्राप्त हुनेछ । परिवारजनको साथ राम्रो दिन बित्नेछ । नोकरी र व्यवसायिक क्षेत्रमा सहकर्मीको सहयोग मिल्नेछ । घरमा आनन्दपूर्ण वातावरण रहनेछ । शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आज तपाइँको सृजनशक्तिमा अधिक निकार आउनेछ । कल्पनाशक्तिको कारण साहित्य क्षेत्रमा विशेष रुची रहनेछ । विद्यार्थीको लागी निकै अनुकुल समय छ । स्वभावमा विशेष मात्रामा भावुकता रहनेछ ।



