एसइइमा नेपाल टप गरेका सनिस भन्छन् ‘+२ सकेर अमेरिका जान्छु’

एसइइमा नेपाल टप गरेका सनिस भन्छन +२ सकेर अमेरिका जान्छु। । त्यस्तै माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लमजुङका २ विद्यार्थीले पनि ४ जीपीए ल्याएका छन् ।

बेंसीसहर नगरपालिका ७ मा रहेका युनिभर्सल एकेडेमीका मनीष थापा र मर्स्याङ्दी गाउँपालिका ३ खुदीस्थित हिमचुली आवासीय मावि खुदीका प्रमीश कतिलाले ४ जीपीए ल्याएका हुन् । राजधानी बाहिर थोरै विद्यार्थीले ४ जीपीए ल्याएकोमा लमजुङका २ जनाले ४ जीपीए ल्याउन सफल भएका हुन् ।

दुवै विद्यालय निजी हुन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार लमजुङका ३८ जना परीक्षार्थीले ३ दशमलव ६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । १ सय ६७ जना विद्यार्थीले ३ दशमलव २१ जीपीएदेखि ३ दशमलव ६ जीपीएसम्म ल्याएका शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया