एउटाले टाउँको, अर्कोले खुट्टा समाए अनि तेस्रोले घाँटीमा भारत बाटै सात सय भारुमा किनेर ल्याएको धारिलो रामपुरी चक्कु हाने

भक्तपुरमा एक छोरीले आफ्नै आमाको ज्यान लिएकी छिन् । प्रेममा बाधक भएको भन्दै आफ्नै आमाकोज्यान लिन लगाउने ईश्वरी भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै आमाको सिद्ध्याउन लगाएको आरोपमा उनलाई पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।

उनका अनुसार प्रेममा बाधक भएको निहुँमा आफ्नै आमाको ज्यान लिएको कारण इश्वरी सहित अन्य चारजनालाई पनि पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा इश्वरीका प्रेमी मोहमद नवशाद पनि रहेका छन् भने आपराध गराउनकै निम्ति भारतबाट बोलाइएका ‘कन्ट्रयाक्ट किलर’ भोला कुमार र मोहमद रहिसलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

इश्वरीकी आमा ६० वर्षीया सावित्री भट्टराईको आइतबार दिउँसो भक्तपुरको खरिपाटीमा घाँटी रेटी मारिएको थियो ।

नौसादले सावित्रीको मुख थुनेका थिए । अर्जुनले टाउँको र हात समाएका थिए भने रहिशले घाँटी रेटेर हत्या गरेका थिए । उनीहरुले हत्या गर्न सानो खाले चक्कु प्रयोग गरेका थिए ।

‘कराउन थालेपछि मैले मुख थुने, अर्जुनले टाउँको र हात समाए र रहिशले घाँटी रेटेर हत्या गरेका हौं’ नौसादले दिएको प्रारम्भिक बयान उल्लेख गर्दै महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया