काठमाडौँ, बुधबार आगामी आर्थिक वर्षको बजेटबाट अर्थमन्त्री डा.युवराज खतिवडाले पेट्रोल र डिजलमा प्रतिलिटर थप एक रुपैयाँ पूर्वाधार कर लगाउने घोषणा गरेका थिए ।
सो घोषणा लगत्तै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । राती १० बजे निगमले पेट्रोल,डिजल र मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य बढाएको हो ।
बुधबार राति देखि पेट्रोलको मूल्य प्रति लिटर १११ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९८ रुपैयाँ ५० पैसा मूल्य कायम भएको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जनाएका छन् ।







