आठ नेपाली साउदी जेलमा !

फाइल फोटो

काठमाडौँ, गत वर्ष माघमा वैदेशिक रोजगारीका सिलसिलामा एउटै म्यानपावरबाट साउदी अरब पुगेका आठ नेपाली साउदी जेलमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।

उनीहरु विगत तिन महिना देखि साउदीस्थित सफरा जेलमा छन् । परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्दा पनि सुनुवाइ हुन नसकेको पीडित राम बिहारी महत्तोका भाइ खुशीलाल महत्तोले बताएका छन् । एक हप्ता अघि उनले उद्दारको लागी पहल गरेका थिए ।

चक्रपथमा रहेको अल खलिज म्यानपावरबाट साउदी पुगेका उनीहरूले सम्झौताअनुसार पारि श्रमिक र खानाबस्न नपाएपछि कम्पनी छोडेका थिए ।

गत वर्षको माघमा सवारीचालकको काम गर्न साउदी गएर हाल जेलमा परेकाहरु राम बिहारी महत्तो, युवराज खत्री, लालबहादुर श्रेष्ठ, प्रेमबहादुर तामाङ, विकास राई, कर्णबहादुर स्याङतान, अम्बरबहादुर लामा, भूपनरायण राजवंशी रहेका छन् ।

साउदीमा रहेको फोर होरिजेन्टल इस्ट अप जेनरल कन्स्ट्रक्सनमा काम गर्न गएका उनीहरूलाई कन्स्ट्रक्सनले चोरी मुद्दाको आरोपमा जेल पठाएको महत्तोले बताएका छन् ।                                                                                                                      ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया