आईओसीले पठायो इन्धनको नयाँ मूल्य सूची

काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची पठाएको छ । जसअनुसार पेट्रोलमा बढेर नयाँ मूल्य आएको छ भने डिजेल, खाना पकाउने ग्याँस र हवाइ इन्धनमा घटेर नयाँ मूल्य प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको र डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँले घटेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया