आइतबार आएको भयानक पहिरोमा परी १३ जनाको मृत्यु

याङ्गुन, १२ साउन – म्यानमारमा आइतबार आएको भयानक पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

देशको उत्तरी क्षेत्रमा पर्ने काचिन राज्यको हपाकान्तमा पहिरो गएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

मृत्यु भएकाहरु स्थानीय एक कारखानाका कर्मचारी र सुरक्षाकर्मीहरु रहेका छन् । स्थानीय समय अनुसार दिउँसो २ बजे पहिरो गएको थियो ।

उद्धारकर्ताहरुले १३ जनाको शव भेटिएको र अरु पाँच जना अझै हराइरहेको विभागीय कर्मचारीहरुले बताएका छन् ।

घटनास्थलबाट दुई जना सुरक्षाकर्मीलाई उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको उनीहरुको भनाई छ ।

खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।(रासस-सिन्ह्वा)

जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प
टोकियो, १२ साउन  – जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ ।

देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ ।

जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष्ट गरेको छ ।(रासस-सिन्ह्वा)

फेसबुकबाट तपाईको प्रतिक्रिया