अवैध हुन्डी कारोवार गरिरहेका आठ जना पक्राउ !

वीरगञ्ज, ९ असार: अवैध हुन्डी कारोवार गरिरहेको अवस्थामा दुई भारतीयसहित आठ जनालाई प्रहरीले आज दिउँसो पक्राउ गरेका छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–९ माइअस्थानमा रहेको कनहैया सुनारको सुन पसलमा छापामारी रु ४१ लाख ९२ हजार र दुई किलो ९० ग्राम चाँदीसहित आठ जनालाई पक्राउ गरिएको जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अन्नतराम शर्मा बताउनुभयो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया