४ वर्षमा देश तहसनहस हुने गगन थापाको दाबी !

फाइल फोटो

काठमाडौँ, स्थापना दिवसका अवसर पारेर नेविसंघले दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कम्युनिस्ट सरकारको अबको ४ बर्षमा देश तहसनहस हुने दाबी गरेका छन् ।

उक्त कुरा माथी थप गर्दै हालको सरकारको गतिविधिले त्यस्तै संकेत गरेको पनि उन्लेल बताए । उद्योग धन्दा बन्द हुन थालेको र अबको ४ बर्षमा यस्तो संख्या जगन बढ्ने र यि सबको कारण उपयुक्त वातावरणको अभाव रहेको उनको भनाइ छ ।

उनले भने, ‘ लेखेर राख्नुस् अबका चार वर्षमा अझ धेरै उद्योग धन्दा बन्द हुँदैछन् । रोजगारी पनि घट्नेछ । ‘

उनले कुनै पनि कम्युनिस्ट नेतृत्व भएको मुलुकले समृद्धि हाँसिल नगरेको स्मरण गराए । उनले भने, ‘ अझ हाम्रो प्रधानमन्त्रीको आदर्श हुन् सेन हुन् । प्रधानमन्त्री देशलाई क्याम्बोडिया बनाउन चाहँदै हुनुहुन्छ । ‘

उनले देशको नेतृत्व क्षमता भएको व्यक्तिले गर्न पाउनु पर्ने पट्टि जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया