४ बर्ष पछि खुल्यो तातोपानी नाका, बढ्दो चहलपहल !

फाइल फोटो

काठमाडौँ, भूकम्पपछि बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । ४ बर्ष पश्चात आज संचालनमा आएको यस नाकामा आजै देखि चहल पहल शुरु भएको छ ।

आज बिहानै यस नाकाबाट खासाबाट ऊन आयात गर्न ४ रित्ता कन्टेनर भोलि बुधबार काठमाडौँ आइपुग्ने गरि खासा पठाइएको छ । उक्त कन्टेनरले आज बिहान नाका संचालनमा आए बित्तिकै चिनिया पक्षको अनुमतिमा खासाका लागि प्रवेश पाएका हुन् ।

यस नाका सन्चालमा आए संगै त्यहाँ वरपरका स्थानिय र व्यवसायी निकै उत्साहित छन् । यद्यपी नेपाल र छिन् जोड्ने मितेरी पुल निर्माण सम्पन्न हुन केही दिन लाग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया