क्रिकेट रंगशालामा डोजर चलाउने व्यक्ति पक्राउ !

काठमाडौँ, धुर्मुस-सुन्तली फाउनडेशनद्वारा भरतपुरमा निर्माण भैरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काइएको कुरा हाल चर्चा र चासोको विषय बनेको छ ।

यो विषय हाइलाइटमा रहँदै रंगशालाको बारमा डोजर लागाउने मुख्य आरोपीत प्रकाश कँडेल पक्राउ परेका छन् । गत राति ११-१२ बजेतिर रामपुरबाट प्रहरीले प्रकाशलाई पक्राउ गरेको हो ।

हाल प्रकाश जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छन् । यस्तो कार्य प्रति स्थानियवासी निकै आक्रोश छन् । यस कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग गरिएको छ ।

महानगरपालिका र धुर्मुस-सुन्तली फाउनडेशन बीच गत माघ १६ गते २ बर्ष भित्र निर्माण सम्पन्न गरि सक्ने सम्झौता भएको थियो । बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइ फाउनडेशनका व्यक्तिहरुलाई धम्कि समेत दिएका थिए ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जाली, त्यस वरपरका रुखहरू ढलाएर झण्डै एक किलोमिटर जति बार भत्काए पश्चात प्रहरी घटनास्थलमा पुगेको थियो ।

घटनामा संलग्न रहेको आशंकामा १६ जना पक्राउ परिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया