काठमाडौँ, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ४० यात्रु बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । ना७ख ३२४० नम्बरको उक्त बसले नियन्त्रण गुमाउँदा धादिङको धुनिवेशी नगरपालिका–८ खहरेखोला पुल नजिकै दुर्घटना भएको हो ।
१३ घाइते मध्ये सर्लाहीको इश्वरपुर नगरपालिका–४ का १९ वर्षीय सुजन माझी र सिन्धुलीको मरिण गाउँपालिका–४ का २६ वर्षीय राजमान बमजनको अवस्था निकै गम्भीर रहेको छ ।
प्रहरीका अनुसार घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको छ । बाँकी यात्रु भने सकुशल रहेका छन् ।