काठमाडौँ, सरकारले शिक्षा ऐनमा देशभरका ४० हजार राहत शिक्षकलाई दरबन्दीमा परिणत गरी ८० प्रतिशत खुला र २० प्रतिशत आन्तरिक प्रतियोगिताद्वारा पूर्ति गर्ने प्रस्ताव राखे पश्चात स्वतः स्थायी माग गर्दै देश भरीबाट राहत, अस्थायी, करार र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका थिए ।
आन्दोलनरत शिक्षक र सरकार बीच गए राति शिक्षा मन्त्रालयमा वार्ता भई सहमति भएको छ । मन्त्रालयमा भएको वार्तामा मन्त्रालयका अधिकारी र आन्दोलनरत शिक्षकबीच ३ बुँदे सहमति भएको हो । उक्त ३ बुँदे सहमति यस प्रकार रहेका छन् :
पहिलो बुँदा अनुसार, सामुदायिक विद्यालयमा कार्यरत राहत अनुदान कोटामा नियुक्त शिक्षक र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई निश्चित मापदण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी आन्तरिक/खुल्ला परिक्षा मार्फत एक पटकको लागी स्थायी प्रक्रियामा लैजाने उल्लेख भएको छ । उक्त शिक्षकहरुलाई १ पटकका लागि उमेर हद नलाग्ने पनि सहमति पत्रमा उल्लेख गरिएको छ ।
दोश्रो बुँदा अनुसार, आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा केही शिक्षक घाइते भएका थिए । यस आन्दोलमको क्रममा घाइते भएकाहरुलाई उपचारको लागी सकारले नै आवश्यक प्रबन्ध मिलाउने सहमति भएको छ ।
अन्तिम र तेश्रो बुँदा अनुसार, शिक्षकहरु स्थायीको माग गर्दै आन्दोलनमा उत्रियी काठमाडौं पसेपछि देशभरको पठन पाठन प्रभावित भएको थियो । सहमति अनुसार आन्दोलनक सबै कार्यक्रमलाई स्थगीत गर्दै शिक्षकहरु पठनपाठमा फर्कने उल्लेख गरिएको छ ।
यसरी सरकार र आन्दोलनरत शिक्षकहरु बीच सहमति भए पश्चात आन्दोलन स्तगीत गरिएको छ र सम्पूर्ण शिक्षकहरु पठनपाठमा फर्कने भएका छन् ।