सुन काण्डमा संलग्न रहेकका ११ न्यायाधीशलाई कारबाही

काठमाडौं फागुन १४ , ३८ क्विन्टल सुन काण्ड न्यायसम्पादनमा लापरबाही गरेको भन्दै विभिन्न जिल्ला र उच्च दालतबाट तानिएका ११ न्यायाधीशमाथि न्यायपरिषद्ले छानबिन गरिरहेको छ ।विराटनगर उच्च अदालतका ८ काठमाडौं, ललितपुर र तनहुँ जिल्ला अदालतका एक–एक न्यायाधीशमाथि छुट्टाछुट्टै समिति बनाएर छानबिन भइरहेको हो।

माघ १५ को न्यायपरिषद् बैठकले फागुन मसान्तसम्म प्रतिवेदन पेस गर्न समितिलाई समय तोकि सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको नेतृत्वमा विराटनगरबाट तानिएका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल, न्यायाधीशहरू नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, सारंगा सुवेदी, उमेशकुमार पौड्याल, उमेशकुमार सिंह, साधुराम सापकोटा र जनक पाण्डेमाथि छानबिन गर्न समिति गठन गरिएको त्यस्तै, जिल्ला अदालत काठमाडौंबाट काजसरुवा भएका न्यायाधीश बाबुकाजी बानियाँ, ललितपुरका विश्वमंगल आत्रेय र तनहुँका ओमकार उपाध्यायको छानबिन पनि छुट्टाछुट्टै समितिमार्फत भइरहेको छ ।

न्यायाधीश बानियाँ १७ माघमा पाँच लाख घुससहित काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसे पक्राउ परेपछि संलग्न रहेको आशंकामा न्यायपरिषद्मा तानिएका थिए ।सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा परिषद्ले फागुन-२ मा बानियाँको छानबिनका लागि समिति गठन गरेको थियो । प्रतिवेदन बुझाउन समितिलाई १५ दिनको म्याद दिएको छ ।

यस्तै, डा. आनन्दमोहन भट्टराईको नेतृत्वमा माघ १७ को न्यायपरिषद् बैठकले न्ययाधीश विश्वमंगल र ओमकार माथि छानबिनका लागि छानबिन समिति गठन गरेको थियो ।
न्यायपरिषद्का प्रवक्ता सहसचिव रामेश्वर रेग्मीले तानिएका न्यायाधीशमाथि छानबिन भइरहेको र समितिलाई ४५ दिनको समय दिएर प्रतिवेदन बुझाएपछि कैफियतबारे भन्न सकिने उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया