जीवनसाथीसँग सुख-दुख, घाम-छाँया विताउन पाएका भाग्यमानीहरुलाई ‘म’ जस्ता अभागीको पीडा के थाहा !

पछिल्लो ४८ घण्टा एकदमै तनावमा वित्यो । व्यवसायिक जिन्दगी र क्रियाकलापका बिषयमा एउट पनि प्रश्न देखिएन तर मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित र वितेका पुराना कुराहरुलाई लिएर भैरहेको टिका टिप्पणीले आफ्नै कठघरमा आँफै उभिएर नितान्त निजी बिषयमा स्पष्टीकरण दिनु परेको छ ।

विद्धान दर्शकहरुले न्यायाधीशको भुमिका निर्वाह गरिदिनु हुनेछ । जिवनको एउटा कालखण्डमा घटेको घटनालाई लिएर निराश बनेर निधार खुम्च्याउने कि विगतका कमी कमजोरीबाट सिकेर अघि बढ्ने भन्ने २ विकल्प बाहेक म सँग तेस्रो बाटो छैन ।

केही घण्टा अगाडि पत्रकार मित्र विनोद त्रिपाठीजीले लेख्नु भएको आलेख पढेपछि म पुन उर्जावान भएको छु । त्यसैले आज विनोद जीका पंत्तिहरु सापटी लिदै आफ्नै बारे सीधाकुरा राख्ने अनुमति चाहन्छु । कोही कसैलाई सम्बन्ध विच्चेद गर्ने, परिवार भाँड्ने रहर हुँदैन । सम्बन्धहरु एक जनाबाट मात्र बन्ने र विग्रने पनि हुँदैन्न ।

कति कारणहरु यस्ता हुन्छन् जसलाई प्रकाशन प्रशारण गर्दा सम्बन्धित व्यक्तिको मानसपटलमा निकै गहिरो असर पर्दछ । के हरेक मानिसको जीवनमा मित्रता, प्रेम, सम्बन्ध, सम्बन्ध विच्छेद जस्ता घटना हुँदैनन् र ? कुन परिस्थितीको परिणामले सम्बन्ध बिग्रन्छ र मानिस गलत निर्णयहरुको दलदलमा भाँसिन्छ भन्ने कुरा बुझ्न त्यही परिस्थिति, तिनै पात्र, त्यही समयमा फर्किनु पर्ने हुन्छ ।

अर्ती, उपदेश, गाली, आलोचना, धारणा बनाउनेहरुलाई जति सजिलो भोग्नेलाई कहाँ हुन्छ र ।
जीवनमा एउटै सम्बन्ध, एउटै प्रेमिका, तिनै जीसाथी र तिनैसँग सुख दुख, घाम छाँया विताउन पाएका भाग्यमानिहरुलाई म जस्ता अभागीको पीडा के थाहा । मानिसको व्यक्तिगत जीवनको रहस्यका वास्तविकता नबुझी धारणा बनाइदिदा सामाजिक सञ्जालका लाइकहरु मात्र बढ्ने न हुन । उमेर पुगेपछि हुने भौतिक र पे्रेममाय सम्बन्धहरु गैर कानुनी होइनन् ।

तर उत्पन्न परिणामको जिम्मेवारी लिएको छ कि छैन त्यो महत्वपूर्ण कुरा हो । युवा अवस्थाका सम्बन्धहरु कोट्याएर मानिसको निजी जीवनलाई समाप्त पार्ने बदनियतपूर्ण प्रयास भैरहेको देख्दा मैले के अपराध गरेछु भनेर सोच्न बाध्य हुन्छु । सम्बन्ध विच्छेद भैसकेपछि त्यो अध्याय समाप्त हुन्छ ।
च्याप्टर स्वतः क्लोज हुन्छ । संसारमा कही पनि सम्बन्ध विच्छेदलाई फेरी व्युँउताएर कसैलाई बदनाम गराउने चलन छैन । सहमतिमा भएका हरेक सम्बन्धहरुमा दुवैको बराबर जिम्मेवारी हुन्छ । सम्बन्धहरु जसरी जोडिन्छन्, त्यसरी नै टुटे भने त्यसमा एक जनाको मात्र दोष हुदैन ।

दुवै उत्तिकै भागिदार हुन्छन् । आफ्ना कुनै पनि सम्बन्धहरुको जिम्मेवारी नलिएको भए म कानुनी सजाएको हकदार हुनु पर्छ । गैर कानुनी काम गर्न मलाई यो दुनियाको कुन कानुनले छुट दिन्छ र ? तर कानुन को पूर्ण पालना गरेर आफ्ना विग्रिएका, भत्किएका, नासिएका, मासिएका सबै कुरा क्रमबद्ध रुपमा समाधान गरी यो समाजमा मुसुक्क हाँस्ने मेरो अधिकारको हत्या नभइदिए हुन्थ्यो ।

के म कसैप्रति अन्याय नगरी आँफूमाथी थोरै न्याय गर्ने चेष्टा गर्न सक्छु ? मेरो व्यक्तिगत जीवन कसैका लागि पनि प्रेरणाको स्रोत बन्न लायक छैन होला तर मेरो व्यवसायीक जीवनले उत्प्रेरित ती हजारौ युवाहरुलाई थप प्रेरणा दिन पनि मैले उठ्नै पर्छ । म खराब थिए होला । बर्षौं अगाडिका मेरा निर्णयहरु खराब थिए होलान् ।

एउटा आम सर्वसाधारण व्यक्तिको रुपमा मैले गरेका क्रियाकलापहरु अत्यन्त गैर जिम्मेवारी पूर्ण भए होलान् । तर आज म जिम्मेवार भएको छु । हिजो भैसकेको कुनै पनि कुरा म बदल्न सक्दिन तर हिजोका घटनाहरुबाट म बदलिएको छु ।

आज यति धेरै दर्शकहरुको साथ र आशलाई जिम्मेवारीका साथ प्रतिनिधित्व गर्नु पर्छ भन्ने कुरामा म सजग छु, सचेत छु । म खराब मानसिकताबाट उत्प्रेरित भएको भए सार्वजनिक जीवनमा आउने नै थिइन । संसारको कुनै पनि गल्लीमा लुकेर बस्थे ।

गुमनाम हुन्थे । मैले आफ्नोपी उठ्ने निर्णय गरे । थोरै सफलता पनि मिल्यो र सायद यही थोरै सफलता नै मेरो शत्रु बनेर पाइला पाइलामा उभिदिन्छ । वितेका कुरा कोट्याइनु, विच्छेद भएको सम्बन्धलाई विउताएर, अर्र्ती उपदेश र व्यङग प्रहार हुनु । एक मनले एकै छिन सोचे । सबैको बाटोको तगारो र घाँडो बनेर के बस्नु, होस् छाडिदिन्छु यो सब ।

फेरी अर्को मनले सोचे, कलिला बालबालिका माथि जघन्य अपराध भैरहेरेको छ । बिषको पोको बोकेर अन्तिम उपायका रुपमा कार्यालयमा आउनेहरुको भीड घटेको छैन, चेलीहरु एक देशबाट अर्को देशमा सामान जस्तै वेचिएको वेचिएकै छन् । घुसखोरी, दलाली, कशिन खोरी मौलाएको छ । स्वस्थ्य चौकीहरुमा डाक्टर र औषधि छैनन्, युवालाई ठगेर मोटाउनेहरुको भुडी फुट्न फुट्न आँटेको छ । अड्डाहरुमा फाइलै पिच्छे घुस खुल्लम खुल्ला चलिरहेको छ । यौन पिपासुहरु कलिला छोरी चेली माथि बक्र दृष्टी लगाएको लगाइ छन् ।

बोल्न नसक्नेहरु केवल बलिन्द्रधारा आँशु मात्र बगाउँछन् । सरकारको रेडियो र टिभि भित्र छिर्न पासै छैन, पास भएपनि आशै छैन, साइबर क्राइम गर्नेहरु छोरी चेलीको फोटोहरु फोटोसप गर्दै नाङ्गो पारीरहेका छन् । नुनदेखि सुनसम्मको महंगी र कालो बजारी व्याप्त छ । दलहरुका भ्रष्टाचार ज्यादतीमा खबरदारी गर्नै बाँकी छ ।

सडकमा गुड्ने साइकल यान देखि आकाशमा उड्ने विमानसम्म घोटलै घोटाला छ । कति हो कति । व्यक्तिगत जीवनमा वितेका घटना कोट्याएर कमजोर पार्ने प्रयास अगाडि कसरी घुँडा टेक्ने ? दर्जनाँै चेलीको उद्धार यही स्टुडियोबाट भयो, दर्जनौँ भ्रष्टाचारीहरु यहिबाट जेल गए । विष पिउँछु भनेकाहरु नयाँ जीवन पाएर नयाँ जिवनको स्वाद पिइरहेका छन् । वृद्ध बा आमाहरु खाना पिना र आवास पाएर आर्शिवाद दिइहेका छन् ।

स साना बालबालिकाहरु विदेशीहरुसँग बेचिन जानबाट रोकिएका छन् । दलालहरु दुलो भित्र लुकेका छन् । बाढी पीडित मुसहरहरु निर्धक्कसँग आफ्नै घरमा बसेका छन् र छिट्टै दुर्गम कर्णालीको कालीकोटको रासकोटमा १५ शैयाको स्मार्ट डिजिटल अस्पताल बन्ने तयारीमा छ ।
रासकोटका धेरै सुत्केरी आमा र शिशुहरुको ज्यान बचाउनु छ । पछि हट्ने जाबो एउटा कारण छ, तर अघि बढ्ने सयाँै हजाराँै कारणहरु छन् । एउटा गीतको सम्झना आयो,‘म लडेको मात्र हु मरेको छैन’ ।

व्यक्तिगत जीन्दगीमा प्रहार गरेर मलाई सिध्याइनै दिने षडयन्त्रकारीहरुको सायद यो अन्तिम अस्त्र थियो तर मेरो चाँही यो अन्तिम क्षमता होइन । व्यक्तिगत जीन्दगी पनि उच्च नैतिकता र आदर्शले भरिपूर्ण हुन सकेको भए राम्रो हुन्थ्यो, म त्यसमा चुके तर भविष्यमा सचेत र सजग रहन्छु ।
मलाई विश्वास गर्नेहरुले मेरो कारण कहिले पनि आफ्नो शिर निहुराउन पर्ने छैन । आफ्नो पेशाप्रति म सधै इमान्दार छु र रहीरहने छु । तर व्यक्तिगत जिन्दगी मेरै मात्र लयमा कहाँ चलेको रहेछ र । गोरेटोमा भेटिने र दोबाटोमा छुट्टीनेहरुको नियत मेरो बशमा रहेन ।

मैले आँफूलाई बचाउन यी कुराहरु राखेको होइन, केवल आँपैmलाई प्रेरणा दिन मात्र हो जसको मलाइ्र्र आज खाँचो प¥यो । मेरो व्यक्तिगत स्पष्टीकरण नेशनल टेलिभिजनमा सुन्नु परेर तपाईको जीवनको जति पनि अमुल्य मिनेटहरु खर्च भए म त्यसको ऋण सत्कर्मबाट तिरेरै छोड्छु, यही कार्यक्रम मार्फत ।

म सँग एक एक सेकेण्डको हिसाब लिनुहोला । यति बोलिसकेपछि बल्ल म लाख पटक हारे पनि जित्न सक्ने भए, करोड पटक लडेर पनि उठ्न सक्ने भए, अर्बौं चोट खाएर पनि मल्हम लगाउन सक्ने भए । यो मेरो भर्खरै आकासीएको आत्म विश्वासलाई अभिमान देख्नेहरुले आफ्नो चस्मा बदलुन् । म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर ।

यो समाग्री न्युज २४ टिभीको अनलाइन संस्करण बाट साभार गरिएको हो  जीवनसाथीसँग सुख-दुख, घाम-छाँया विताउन पाएका भाग्यमानीहरुलाई ‘म’ जस्ता अभागीको पीडा के थाहा !

फेसबुकबाट तपाईको प्रतिक्रिया