१९ वर्षका वीरेन्द्रको नुहाउने क्रममा बबई नदीमा डुबेर मृत्यु

बैतडी-नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय, मधुवन नगरपालिका–४ ढोढरीमा सिभिल इञ्जिनीयरिङ विषयमा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको बबई नदीमा डुबेर मृत्यु भएको छ ।

सुस्नयाँ गाउँपालिका–८ बैतडीका १९ वर्षका वीरेन्द्र बोहोरा नुहाउने क्रममा शुक्रबार डुबेर बेहोस भएका थिए ।

बेहोस बोहोराको उपचारको क्रममा आज कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुई शिक्षकसँग ३५ विद्यार्थी अभ्यासमा पौडी खेल्न गएका ती विद्यार्थीको मृत्यु भएको नमूनाका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताउनुभयो ।

बारबर्दिया नगरपालिका–२ स्थित डुग्रहवामा नुहाउने क्रममा डुबेर सख्त घाइते भएका बोहोराको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजीत महराले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया