१० हजार घुस सहित अदालत कै बाल मनोविज्ञ पक्राउ !

साभार तस्विर

काठमाडौँ, जिल्ला अदालत रूपन्देहकी बाल मनोविज्ञ शान्ति अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार घुस सहित पक्राउ गरेको छ ।

अख्तियारको बुटवल क्षेत्रीय कार्यालयबाट गएको टोलीले अधिकारीलाई नाबालिक सवारी ज्यानसम्बन्धी मुद्दा मिलाइदिन्छु भनेर सेवाग्राहीसँग १० हजार रूपैयाँ घुस लिइरहेका बेला विद्युत प्राधिकरणको भैरहवा कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

उनि माथि थप अनुसन्धान भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया