काठमाडौँ, कञ्चनपुर जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालयका डिभिजन प्रमुख अजितकुमार श्रीवास्तव र इञ्जिनियर ग्रीष्मा ठगुन्नालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख घुस सहित पक्राउ गरेको छ ।
उनीहरुलाई २ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चजनपुर कार्यालयले नियन्त्रणमा लिएको छ ।
अख्तियारको टोलीले काम सहजीकरण गरिदिने भन्दै उपभोक्ता समितिसंग घुसवापत २ लाख रुपैयाँ लिइसकेको अवस्थामा उनीहरुलाई कार्यालय परिसरभन्दा बाहिरबाट नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोली हाल मुचुल्का बनाउँदै छ ।







