१७ फागुन,काठमाडौं:- जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका एक भारतीय अभियुक्तको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय सन्दीप शाह भारतीय नागरिक हुन्। कास्की प्रहरी स्रोतका अनुसार उनले हिरासत कक्षभित्रै विष सेवन गरेका थिए । शाहले बिहान ४ बजे विष सेवन गरेर बान्ता गर्न सुरु गरेपछि केही समयमै अस्पताल लगियो ।
प्रहरी भन्छ, ‘अस्पताल लगिसकेपछि पनि केहवेर कुरा गरेका थिए । तर, उपचारका क्रममा उनको मृत्यु भयो ।’शाहले सेवन गरेको विष हिरासत कक्षभित्र कसरी पुग्यो भन्ने विषयमा पनि प्रश्न उठेको छ ।
स्रोतका अनुसार विष दिएको आशंकामा एक जना प्रहरी अधिकारीलाई नियन्त्रणमा लिएको छ ।
परिवारका सदस्य नआइसकेको कारण बिहीबार बिहानै मृत्यु भए पनि हालसम्म साहको पोस्टमार्टम हुन सकेको छैन । पोष्टमार्टमका लागि मृतकका आफन्तले जाहेरी दिनुपर्छ ।
कास्की प्रहरी स्रोतका अनुसार हाल उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा राखिएको
लागूऔषध कारोबारको आरोपमा २ पुसमा पक्राउ परेका सन्दीप शाह पक्राउ गर्दा उनको साथबाट २ हजार ९ सय ७० वटा औषधिजन्य लागूऔषध बरामद भएको थियो ।