हावाहुरीमा परि एकै परिवारका ४ को मृत्यु !

फाइल फोटो

काठमाडौँ, हिजो आईतबारको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । करिब ३० जनाको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।

यसैमा बाराको ठेटा गाउँपालिका ३ पूर्णिया गाउँमा एकै परिवारको चारजनाको मृत्यु भएको छ । अचानक आएको हावाहुरी र भुमरीमा इजहार मियाको घर भत्किएको थियो ।

सोहि घटनामा उक्त घरमा सुतेका उनको पत्नी मिना खातुन, बुहारी सकिमा खातुन, नातीनीहरु रुख्सार खातुन र सम्सीदा खातुनको मृत्यु भएको छ ।

कामको शिलसिलामा बाहिर गएका इजहार त बाँचे तर उनका परिवारवमा बाहिर खेक्दै गरेको छोरा हैदर अलि र उनि बाहेक कोहि रहेनन् । यसबारे छिमेकी अब्दुलले भने, ‘ यस्तो आँधी कहिल्यै देखेको थिएन । सोच्न नपाउँदै ठूलो विनास भइसकेको थियो । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया