हराएको निवेदन दिएको ५ महिना भयो, फेला त पर्यो तर कंकाल मात्र !

फाइल फोटो

काठमाडौँ, बुधबार सामुदायिक वनमा एक कङ्काल फेला परेको छ । गत कात्तिक ६ गते आफूखुशी घरबाट हिँडेका ५२ बर्षीय ड्यामबहादुर घर्ती हराएका ५ महिना पश्चात स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ चिसापानी बेत्ताल सामुदायिक वनमा उनको कंकाल फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार कङ्कालमा भएको कपडाको हुलियाका आधारमा मृतकका दाजु धनसिंहले पहिचान गरी कङ्काल बुझेर गएका छन् ।

हराएको पाँच दिनपछि धनसिंहले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा हुलियासहित निवेदन दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया