काठमाडौँ, विराटनगरमा प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दाबी गरेका छन् । यद्यपी उक्त समूहलाई मुलधारको राजनीतिमा ल्याउन सरकार प्रयासरत रहेको पनि उनले बताएका छन् ।
उनले भने, ‘ विप्लव समूहको गतिविधि निस्तेज भएको छ । यसलाई पूर्ण निस्तेज पार्न सरकारले नीतिहरु अख्तियार गरेको छ । ‘ कुनै समयका आफ्ना सहयात्रीलाई संवादमा आउन सुझाव दिँदै उनले भने, ‘ विखण्डनकारी शक्ति (सीके राउत) लाई समेत हामीले वार्ता र संवादबाटै मूलधारको राजनीतिमा अवतरण गराइसकेका छौं । विप्लवजी पनि अब वार्तामा आउनुपर्छ । ‘
साथै उनले भने, ‘ जुन सुकै उद्देश्य बोकेका राजनीतिक दललाई शान्तिपुर्ण आन्दोलन गर्ने छुट छ । तर शान्ति सुरक्षामा खलल पुर्याउने छुट कसैलाई छैन । ‘