आलोक यादव,सिरहा, असार-१८ गते। सिरहाको लहान नगरपालिका वडा नम्बर -२४ मा ८ महिने बालिका बलात्कृत भएको आरोपमा १५ वर्षे बालक पक्राउ परेका छन् ।
आज करिब ३ बजे भएको उक्त घटनामा सोही गाउँका १५ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई आमाले घरमा एक्लै छाडेर खेतमा काम गर्ने घरको सदस्यलाई खाजा पुर्याउन जाँदा ती बालकले उनीमाथि यस्तो घटना घटाएको प्रहरीले जनाएको छ ।
खेतबाट फर्कँदा ती बालकलाई बालिकाकी आमाले घरमै भेटेपछि उजुरी दिएकी हुन् । स्थानीयले समेत सूचना दिएको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बालिकाको यौनीबाट रक्तश्राव भएपछि प्रहरीले उनलाई स्वास्थ्य परिक्षणका लागि बाहिर पठाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा डिएसपी अपिल राज बोहराका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।





