काठमाडौँ, सिन्धुलीको मरिण गाउँपालिका -३ चनौटेमा अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था निकै गम्भीर रहेको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले बताएका छन् ।
दुर्घटनामा परि मृत्यु हुनेमा मरिण गाउँपालिका – ३ की शान्तिमाया योञ्जन रहेकी छिन् । प्रहरी निरीक्षक कार्कीका अनुसार घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने गम्भीर अवस्थामा रहेका दुई जनालाई काठमाडौं पठाउने तयारी गरिएको छ ।
घाइते हुनेमा मरिण गाउँपालिका -३ चनौटेका ६० वर्षीय खड्कबहादुर श्रेष्ठ, सोही स्थानकी ३५ वर्षीय संगीता वाइवा, २५ वर्षीय मिनकुमारी योञ्जन, १४ वर्षीय संगीता ल्हो, १२ वर्षीया अञ्जना ठकर र सोही गाउँपालिकाकी ठूली दमार रहेका छन् ।
गम्भीर घाइते भएका संगीता र अञ्जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौं लैजाने तयारी रहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिएका छन् । साथै उनले अटो पुलको छेउबाट ६० फिट तल खसेको पनि बताएका छन् ।