काठमाडौँ, बाँके र बर्दियामा करोडौँ मूल्यका सरकारी जमिन नामसारी भएको तथ्य सार्वजनिक भएको छ । भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा उक्त काम भएको बुझिएको छ ।
भूमाफिय र मालपोत कर्मचारी मिलेर नेपालगन्जस्थित कारकाँदोमा रहेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पाँच कठ्ठा १३ धुर जग्गा व्यक्तिको नाममा गराएका हुन् ।
नौ महिनाअघि भूमाफिया खैरुल हसन अन्सारीले कर्मचारीसँग मिलेर किर्ते कागज बनाई उक्त जग्गा आफ्नी आमा हसरतुन निशा अन्सारीको नाममा गराएको तथ्य खुलेको छ ।
यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।