नशामा चलाएको बस त्रिशुलीमा खस्दा १ गम्भीर घाइते !

फाइल फोटो

काठमाडौँ, मुग्लिनमा पार्किङ गरेर राखिएको बस नशामा रहेका सहचालकले लापरबाहीसँग चलाउँदा त्रिशुलीमा खसेको छ । सोमबार बेलुका भएको यस दुर्घटनामा बा ५ ख ३६८२ नम्बरको उक्त् बस पृथ्वी राजमार्ग अन्र्तगत चितवनको इच्छाकामना–४ घोप्टेभिर सडकबाट दुई सय मिटर तल खसेको हो ।

दुर्घटनामा परि सहचालक सुरज नेपालीका स्काथ उनका साथी घाइते भएका छन् । नेपालीलाई सामान्य चोट पटक लागेको भएता पनि उनका साथीलाई भने गम्भीर चोट लागेको छ ।

पार्किङमा राखिएको बस सहचालकले लागूऔषधको नशामा रहेर कुरिनटार तर्फ लागेका र त्यहाँबाट फर्केर आउने क्रममा उक्त दुर्घटना घटेको लाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक नवीनराजा बुढाथोकीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया