सात वर्षीया बालिका बलात्कार गर्ने शान्तिनगरका पूर्व प्रहरी राजु खरेल जेल चलान !

२८ जेठ, काठमाडौं । सात वर्षीया बालिका बलात्कारका आरोपितमा पक्राउ परेका  पूर्व प्रहरी राजु खरेल जेल चलान भएका छन । जिल्ला अदालत काठमाडाैँले राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रहरी राजु (भुवन) खरेललाई पुर्पक्षका लागि थुनामा राख्न सोमबार आदेश दिएको हो । घरमा काम गर्ने रामेछापकी माझी थरकी महिलाकी ७ वर्षीया छोरीलाई बलात्कार गरेर खरेल फरार भएका थिए ।

खरेल विरुद्ध १८ वैशाखमा बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन्। उनी फरार भएका थिए । प्रहरीले उनलाई खोजीरहेपनि उनी झुक्काउँदै हिँडिरहेका थिए। उनी भागेर पनि धेरै टाढा जान सकेनन् कञ्चनपुरबाट प्रहरीले पक्राउ गरेर ल्यायो । नेपाल प्रहरीमा असई रहेका खरेल द्वन्द्वकालमा भगौडा बनेका थिए।

अदालतको आदेशपछि खरेललाई केन्द्रीय कारागार, जगन्नाथदेवल चलान गरिएको महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्ले जानकारी दिएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया