सरकारले मिडिया माथी अंकुश लगाउन पाउदैन : पूर्वसभामुख घर्ती !

काठमाडौँ, रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वसभामुख नेकपाको नेतृ ओनसरी घर्तीले सरकारले मिडियामाथि अंकुश लगाउन नपाउने बताएकी छिन् ।

मिडिया विधेयकबारे पत्रकारले राखेको जिज्ञासामा उनले पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने र यदी विधेयक त्रुटीपूर्ण भए सच्चाएर जान सकिने बताएकी छिन् ।

उनले भनिन्, ‘ राज्यका आ–आफ्नै नियम हुन्छन् । सवै जनताले मान्ने कानुनी मिडियाले पनि मान्नुपर्छ तर सरकारले जनताका आवाज उठाउने मिडियालाई अंकुश नलगाउन खोजेको होइन । ‘

मुलुक नयाँ संरचनाको अभ्यासमा रहेकाले प्रदेश राजधानीको टुंगो लाग्न समय लागेको बताउँदै उनले प्रदेशको राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पारिन् र जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामाकरणको टुंगो लगाउने समेत बताइन् ।

श्रोत साधनमा नेपाली जनतालाई मालिक बनाउने प्रयास स्वरुप सरकारले नीति कार्यक्रम सार्वजनिक गरेको उनले बताएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया