काठमाडौँ, मंगलबार सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रमको छलफलमा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले हिजो जस्तै त्याग र बलिदानका साथ काम नगरे जनताले आफ्नो फैसला गर्ने बताएका छन् ।
उनि भन्छन्, ‘ जनतामा अहिले पनि सरकारसँग आशा छ । उनीहरु बढो भरोसाका साथ हामीतिर हेरिरहेका छन् । अब हामीले हिजोको जस्तै त्याग र बलिदानका साथ काम नगर्ने हो भने खतराको घण्टी बज्छ । ‘
नेपाली जनता र सबै राजनीतिक पार्टीले अब सपना देख्नु पर्ने बेला आएको बताउँदै उनले भने, ‘ विकासको कुरा स्वैरकल्पना जस्तो मात्र लाग्ने गरेको छ, नेपालमा अन्तर्राष्ट्रिय हवाइमार्ग र ठूलाठूला परियोजना बन्ने कुरा जनतालाई आश्वासन दिएको जस्तो मात्र लाग्छ । तर, त्यसो होइन अब सबै नेपाली जनता र सबै राजनीतिक पार्टीले यस्तो खाले सपना देख्न थल्नुपर्ने भएको छ । ‘
उनले अब विकाश निर्माणको लागी ठुला ठुला लक्ष्य राखेर अघि बढ्नु पर्ने समेत बताएका छन् । उनि भन्छन्, ‘ तिपक्षका साथीहरुलाई संका लागेको छ । उहाँहरुले नीति तथा कार्यक्रममा भएको काम हुनै नसक्ने भन्नुभएको छ । त्यो प्रतिपक्षको धर्म, कामभित्रै पर्छन् । त्यो स्वभाविक हो । उहाँहरुको भनाइलाई मध्यनजर गर्दै काममा अघि बढ्नुपर्ने छ । ‘