सम्मानसाथ हिमचितुवाको अन्तिम विदाइ (फाटोफिाचर)

काठमाडौं, ७ असोज । १० पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाउनुभएको हाङरिता शेर्पाको आज राष्ट्रिय सम्मान सहित अन्त्योष्टि गरिएको छ । स्व. शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्रा अनुसार अन्त्योष्टि गरिएको हो ।

हिमचितुवाको उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निजि निवासमा निधन भएको थियो ।

मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले स्व शेर्पालाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप सरकारका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले शेर्पा गुम्बा बौद्धमा रखिएको शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो । पर्यटन विभागका महानिर्देशक, उच्च सरकारी अधिकारी, वरिष्ठ पर्यटन व्यवसायीलगायतले शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उहाँका तीन छोरा र एक छोरी हुनुहुन्छ । आङ्रिताका श्रीमतीको सात वर्षअघि निधन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया