खु’कुलो’ ब’न्दाबन्दीबीच रातो म’च्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौँ, १८ असार / का’ठमाडौँ उ’पत्यकामा ब’न्दाबन्दी केही खु’कुलो भएसँगै को’भिड–१९ को जो’खिम कम गर्न स्वास्थ्य सावधानी अपनाउनुका साथै भी’डभाड पनि कम गरेर उ’पत्यकामा वर्षा र स’हकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा मनाउने तयारी गरिएको छ ।

ब’न्दाबन्दीका का’रण स’ञ्चालन हुन नसकेकोे जात्रा स’ञ्चालनका लागि रथ निर्माणको काम शुरु भएसँगै पाटन क्षेत्रमा रौनक शुरु भएको छ । पहिलेका वर्षजस्तै सहज नभए पनि रोकिएको जात्रा शुरु हुन लाग्दा यहाँका स्थानीयवासी भने खुशी देखिएका छन् । गुठी संस्थान ललितपुर शाखाले पनि आवश्यक सा’वधानीसहित जात्राको तयारी गर्न थालेको छ ।

वर्षा र स’हकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रा यस वर्ष रो’क्नुहुन्न भन्दै पाटनवासीले पटकपटक गुठीलाई घ’च्घच्याइरहेका थिए । अहिले रथ निर्माण गरेर जात्रा स’ञ्चालन गर्न यहाँका धार्मिक स’ङ्घसंस्था, भक्तजन र पुजारी पनि लागिपरेका छन् ।

गुठी संस्थान ललितपुर शाखाले ब’न्दाबन्दी पहिले नै रथ निर्माणका लागि आवश्यक सामग्रीको जोहो गरिसकेको थियो । त्यही सामग्रीबाट अहिले सामाजिक दूरी कायम गरी यही असार १० बाट रथ निर्माणको काम थालिएको शाखाका प्रमुख राजन भुजुले बताउनुभयो । उहाँले भन्नुभयो, “ललितपुर म’हानगरपालिका, ज्या’पु समाज, रथ निर्माणसँग सम्बन्धित व्यक्ति, धा’र्मिक सङ्घसंस्था र मच्छिन्द्रनाथका पुजारीले पटकपटक आग्रह गरेपछि यस कामलाई अघि बढाएका हाँै ।”

रथ निर्माणमा संलग्न हुने व्यक्ति र समुदायको स्वास्थ्यमा ध्यान राखिएको उहाँले बताउनुभयो । अहिले मि’ननाथको रथ निर्माणका लागि ध’मा बनाउने काम भइरहेको छ । उहाँले भन्नुभयो, “एकादशीको दिनबाट मीननाथको रथ निर्माण कार्य शुरु भइसकेको छ ।”

वैशाख शुक्ल प्रतिपदाका दिनमा रथारोहण गर्नुपर्ने भए पनि सो दिन गर्न नसकिएकाले राम्रो दिन हेरेर रथारोहण गर्न लागिएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । गत १० गते रथ बनाउन लागिएकामा दुई सातामा सकिएपछि यही असार २४ गते रथारोहण गर्ने तयारी गरिएको छ । साइत गइसकेकाले पनि विधिपूर्वक अर्काे साइत हेर्नेभन्दा पनि राम्रो दिनमा गर्न लागिएको हो । जात्राका अवधिमा विधिपूर्वक मङ्गलबजारस्थित सो’ह्रखुट्टे पाटीमा बसेर साइत हेरिन्छ । यो पटक त्यसरी हेर्नु नपर्ने उहाँको भनाइ छ । जात्राका वि’धि पु¥याएर तथा भी’ड कम गरेर सम्पन्न गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो समयमा भी’ड गर्न नहुने भएकाले रथ तान्न वा अरु विधिमा चाहिने मात्रै भएर गर्न सकिन्छ ।”

ब’न्दाबन्दी खु’कुलो भएपछि जात्रा चलाउने योजना अघि बढाएको म’हानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । जात्राको तयारीमा लाग्ने व्यक्तिको स्वा’स्थ्यलाई ख्याल गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले उहाँहरुलाई आवश्यक मास्क र स्यानिटाइजर प्रदान गरिरहेका छाँै, को’भिड– १९ बाट बच्ने स्वास्थ्य मा’पदण्ड पालना गर्न भनिरहेका छौँ ।”

जीवनको सातदशक नाघेका कपिल बज्राचार्य मूल पुजारीका रुपमा रहनुभएको छ । जात्रा स’ञ्चालनको तयारी नभएको भन्ने जानकारीले गर्दा उहाँको मन दु’खेको थियो । उहाँले २२÷२३ वर्षको उमेरदेखि नै मच्छिन्द्रनाथको पुजारीका रूपमा देवताको सेवा गर्दै आउनुभएको छ । विगतमा पनि धेरै वर्षमा अप्ठ्यारो अवस्था आउँदासमेत कहिल्यै जात्रा न’रोकिएको उहाँको अनुभव छ । अहिले म’हामारीका समयमा सहका’लको देवताको जात्राको अझै बढी महत्व भएको उहाँको भनाइ छ । विसं २०७२ मा भू’कम्पका कारण घर भ’त्किएको र च’र्किएकाले रथ यात्रा के गर्ने भनी अ’न्योल भए पनि त्यतिबेला पनि जात्रा स’ञ्चालन भएको थियो । अहिले पनि आवश्यक सावधानी अपनाएर भी’डभाड नगरी जात्रा गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “देवताको प्रभावले अहिले स’ङ्कट पनि हट्नेछ, देवताको जात्रा रोक्नु राम्रो हँुदैन ।”

विगत २० वर्षअघिदेखि मच्छिन्द्रनाथ रथ निर्माणमा लागि परेका हाल ८३ वर्षीय आशालाल महर्जनले यस वर्ष को’रोनाका कारण समयमै जात्रा मनाउन नपाउँदा नरमाइलो लागेको बताउनुभयो । ढिलै भए पनि जात्राको तयारी शुरु भएकाले उहाँ दङ्ग हुनुहुन्छ । ब’न्दाबन्दी खुकुलो भएसँगै रथ निर्माण थालिएकामा उहाँ आफूले सक्दो सहयोग गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “अहिले रथ निर्माणमा लागि परेका युवालाई परेको काम सिकाउने गरेको छु ।”

चारदशक पहिलेदेखि सो काममा लागि परेका ८१ वर्षीय सिद्धिबहादुर महर्जनले रथ निर्माणको काम अघि बढेसँगै संस्कार र संस्कृति अघि बढ्ने भएकाले आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले रथ निर्माणमा लागेका युवालाई राम्रोसँग काम गर्न प्रेरणा दिइरहेका छाँै ।”दुईदशक पहिलेदेखि यससँग सम्बन्धित काम गर्दै आउनुभएका ५६ वर्षीय रामेश्वर महर्जन ढि’लै भए पनि जात्राको तयारी भएकामा खुशी हुनुहुन्छ । उहाँ हजुरबुवाले रथ निर्माण गरेकाले त्यतिबेलाबाटै काम सिक्नुभएको थियो । रथ बनाउन १२ जना ञँ’वाल, ३० जना सहायक ञँ’वाल र २४ जना गुठियार सहभागी हुने ७० वर्षीय ञँ’वाल सूर्यमान ड’ङ्गोलले बताउनुभयो । रथ निर्माण झण्डै १५ दिनमा सकिने अनुमान गरिन्छ । उहाँले भन्नुभयो, “अहिले दिनहुँ बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म काम भइरहेको छ ।”

रातो मच्छिन्द्रनाथको रथारोहण वैशाखमै हुन नसकेपछि अहिले देवतालाई तः’बहालस्थित मच्छिन्द्रनाथ मन्दिर परिसरमा राखिएको छ । रातो मच्छिन्द्रनाथलाई रथारोहण गर्नुअघि द’शकर्म सकिएको छ । तबहालमा रहँदा दशकर्म सकाएर व’र्षेनी वैशाख शुक्ल प्रतिपदाका दिन बाजागाजा र पूजाआजासहित ख’टमा राखेर पुल्चोकमा निर्माण गरिएको रथमा विराजमान गराइन्थ्यो । यस वर्ष को’भिड–१९ को स’ङ्क्रमण कम गर्न सरकारले जारी राखेको बन्दबन्दीले रथारोहण र रथयात्रा हुन सकेको थिएन ।

किंवदन्तीअनुसार भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोकमा उनले पानी पर्ने नागलाई आफ्नो आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधानका उपाय खोज्दै जाँदा गोरखनाका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा उनलाई मनाउन सकिने र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु ब’न्धुदत्त आचार्य र ललितपुरका कृषक ललित रथचक्रसमेत मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याइएका थिए ।

सोहीअनुरुप आसाम कामारुकामाक्षेमा रहेका मच्छिन्द्रनाथलाई बोकेर कान्तिपुरमा ल्याउने क्रममा मच्छिन्द्रनाथलाई पाटनमा नै राख्न पाए सहकाल लाग्ने र पाटनवासीमा खुशियाली छाउने विश्वासमा निकै चलाखी गर्दै कृषक ललितले मच्छिन्द्रनाथलाई बोकेर ल्याउने क्रममा पाटनमा रात पारिदिए । राति भइसक्यो अब आज पाटनमा बसौँ भनेर गुरु र भक्तपुरका राजा नरेन्द्रदेवलाई मनाए । सबै सुतिसकेपछि उनी पाटनका राजाकहाँ गई सम्पूर्ण कथा बताएर मच्छिन्द्रनाथलाई यतै राख्ने प्रपञ्च गरे । सोहीअनुरुप राति नै पाटनका राजासहितले भक्तपुरका राजा र गुरुलाई घेराउ गरे । आफूहरू बन्धक बनेको चाल पाएपछि भक्तपुरका राजा र पाटनका राजाबीच निकै विवाद प¥यो ।

समाधान केहीगरी पनि ननिस्किएपछि त्यहाँ एउटा उपाय निकालियो । जसअनुसार त्यहाँका थकालीले जे निर्णय गर्छ, त्यही स्वीकार्य हुने सहमति भयो । त्यसमा पनि पुनः चलाखी गर्दै कृषक ललितले थकालीलाई दहीमा अलिकति नून राखेर खानदिए । थकालीलाई दही खाइसकेपछि मात्रै त्यसमा नून थियो भनी जानकारी दिइयो । नूनको सोझो गर्नैपर्ने बाध्यतामा थकालीले मच्छिन्द्रनाथलाई पाटनमा नै राख्नपर्ने निर्णय गरिदिए ।

मच्छिन्द्रनाथलाई पाटनमा ल्याएको थाहा पाएपछि गोरखनाथले आफ्ना गुरु मच्छिन्द्रनाथको दर्शन गर्न भनी उठेपछि उनको आसनमा रहेका नाग यत्रतत्र लागे । त्यसपछि यहाँ वर्षा भयो र पुनःसहकाल लाग्यो । यसैको सम्झनामा वर्षेनी मच्छिन्द्रनाथको जात्रा भव्यताका साथ मनाइँदै आइएको छ । जात्राका प्रभावले जस्तोसुकै कठिन अवस्था हटेर सहज हुने पाटनवासीको विश्वास छ । भक्तपुरका राजा र काठमाडौँका गुरुले मच्छिन्द्रनाथलाई उपत्यकामा ल्याउन ठूलो मद्दत गरेकाले रथ यात्राका क्रममा भक्तपुर र काठमाडौँवासीले समेत आएर रथ तान्ने गर्दछन् । सुन्धारादेखि लगनखेलसम्मको रथयात्रामा भने रथ तान्ने जिम्मा ललितपुरवासीको हुन्छ । उनीहरुले कृषक ललितका नाममा रथ तान्ने गर्दछन् ।

पहिले पहिले जात्रामा उपत्यकाका तीनै जिल्लावासीको संलग्नता हुने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । पुल्चोकबाट शुरु हुने रथयात्रामा गाःबहालसम्म रथ तान्नुपर्ने जिम्मेवारी भक्तपुरवासीको हो भने गाःबहालबाट सुन्धारासम्म काठमाडौँवासीको । निकै पहिलेदेखि नै भक्तपुरवासी र काठमाडौँवासीले रथ तान्न आउन छाडिसकेका छन् । सुन्धाराबाट लगनखेलसम्म पाटनवासीले तान्ने गरेका थिए । एकदशकयता रथ तान्ने काम ज्यापु समाज यलले गर्दै आएको छ । रथयात्रा पुल्चोकबाट शुरु भई गाःबहाल, मङ्गलबजार, थट्टीटोल, लगनखेल हुँदै जावलाखेल पु¥याइन्छ । जावलाखेल पु¥याएको चौथो दिन साइतअनुसार भोटो देखाउने जात्रा हुन्छ । राष्ट्रप्रमुख समक्ष भोटो देखाउने कार्य सम्पन्न भएपछि जात्रा पनि सकिएको मानिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया