काठमाडौँ, शनिबार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित नेपाल शिक्षक संघ रामेछापको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले वर्तमान सरकार आफैँद्वारा संचालित गतिविधिका कारण असफल हुने बताएका छन् ।
उनले वर्तमान अवस्थामा केन्द्र, प्रदेश स्थानीय तहमा कम्युनिस्टको हालीमुली रहेको भएता पनि अब धेरै समय यो नटिक्ने बताएका हुन् । उनले कम्युनिस्ट सरकारलाई, कांग्रेसको विगत हेर्ने हो भने राजनीतिक इतिहासमा निकै अगाडि रहेकाले कांग्रेसलाई हल्का रुपमा नलिन चेतावनी पनि दिए ।
वर्तमान सरकार हत्या र भ्रष्टाचारको पयार्यझैं बनिसकेको यस अवस्थामा सरकार टिक्ने आधार नै समाप्त हुँदै गएको पनि उनले बताए । साथै उनले भने कांग्रेसको अर्थनीतिमा टिकेको वर्तमान सरकार सडक त टाल्न सकिरहेको छैन रेल र पानी जहाज संचालन गर्ने होहल्लालाई गाना ठानेर हिडेको छ ।
यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।