प्रतिनिधिसभा अर्थसमितिको आज सोमबार बिहान ९ बजेका लागि बस्ने पूवनिर्धारीत बैठकमा संसादहरु नै नआएपछि बैठक स्थगित भएको छ। पच्चीस सदस्यीय समितिको उक्त बैठक सञ्चालनका लागि न्यूनतम १३ जना सांसद उपस्थित हुनुपर्ने हुन्छ तर ९ः३० बजेसम्म पनि नौ जनामात्र सांसद आएपछि बैठक नै बस्न सकेन ।
सरकारले विकास निर्माणका लागि गरिरहेको खर्च र बजेटले निर्धारण गरेभन्दा बाहिर गएर भएको निकासा बारे संसदीय अर्थ समितिमा आज छलफल गर्ने कार्यक्रम थियो ।
तर राज्यको खर्च अवस्था बारे छलफल गर्ने विषयबारे छलफल गर्न संसदीय समितिको बैठकमा सांसदहरु नै आएनन् । तर सांसद सदस्यहरुको कोरम नपुगेपछि बैठक विशेष कारण परेको भन्दै समितिका सभापति कृष्णप्रसाद दाहालले बैठक स्थिगित भएको सूचना दिए ।