श्रीमतीको हत्यामा संलग्न रहेको आशंकामा श्रीमान सहित ३ पक्राउ !

फाइल फोटो

काठमाडौँ, कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका–८, बालापुरमा स्थानीय २१ वर्षीया सुनीता थारू हत्या गरी फालिएको अवस्थामा फेला परेकी छिन् ।

प्रहरीका अनुसार आज बिहान घर नजिकै रहेको बाणगङ्गा खोला किनारमा उनको शव फेला परेको हो ।

प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा मृतक सुनीताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया