शहरी विकासमन्त्री मेटमणिले ल्याए गज्जबको योजना, नागरिकलाई पैसा दिने फोहोर लिने

काठमाडौं  / बुधबार मन्त्री बनेका शहरी विकासमन्त्री मेटमणि चौधरीले कार्यप्रगति र आगामी योजना प्रस्तुत गर्दै फोहोर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौंमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताएका हुन् ।

अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको बताए ।

ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको उल्लेख गर्दै उनले फोहोरबाट काठमाडौंभित्रै मल, बिजुली, ग्यास लगायतका वस्तु उत्पादन गर्ने बताए । उनले देशभर बञ्चरेडाँडा र सिसडोल खोज्ने काम बन्द गरेर फोहोरलाई मोहरमा बदल्ने रणनीति र योजना बनाउनुपर्ने बताए ।

मन्त्री चौधरीले आफ्नो कार्यकाल छोटो भए पनि अवधिभित्रै ग्यास, मल उत्पादन गर्ने व्यवस्थामा लैजाने बताए । उनले सिसडोलबासीले शिर उच्च बनाएर हिँड्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए ।

बोहराले काठमाडौंको फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि धरानमा जस्तै गरी कुहिने फोहोरबाट ग्यास र मल तथा नकुहिने फोहोरबाट बिजुली निकाल्ने गरी योजना बनाइएको जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया