शनिबार बिहानै ग्रहचक्रमा भयो ठूलो परिवर्तन, यी राशिको भाग्यमा उथलपुथल !

काठमाडौँ : ज्योतिषमा शुक्र ग्रहलाई धन, ऐश्वर्य र सौन्दर्यको कारक मानिन्छ। वैवाहिक जीवनमा सुख पनि शुक्र ग्रहको कारण हुन्छ। मीन राशिलाई शुक्रको उच्च राशि मानिन्छ र कन्या राशिमा शुक्रले नीच प्रभाव पार्छ। शुक्रले पर्सी साउन २ गते शनिबार आफ्नो राशि परिवर्तन गरेकोछ। शुक्र ग्रह साउन २(जुलाई १७) शनिबार सिंह राशिमा प्रवेश गरेको हो। यो राशि परिवर्तन बिहान् ९ बजेर २८ मिनेटमा भएको छ भने साउन २७ गतेसम्म शुक्र यहीँ स्थितिमा रहनेछ।

ज्योतिष अनुसार शुक्र ग्रह रुप, सौन्दर्य, सौभाग्य, विवाह, प्रेम र मिलनको कारक हो। सिर्जनात्मक चीज, अभिनय क्षेत्र, नृत्य-गायनको कारक पनि शुक्र ग्रह नै हो। शुक्र सिंह राशिमा प्रवेश गर्दैछ र यसको प्रभाव सबै राशिहरुमा पर्नेछ। ज्योतिर्विदका अनुसार कुन राशिमा शुक्रको गोचरको कस्तो प्रभाव पर्नेछ र कुन-कुन चार राशिका आर्थिक पक्ष मजबूत हुनेछ त ?


मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
शुक्रको गोचर यस राशिका जातकको लागि सबैभन्दा राम्रो मानिन्छ। सन्तान पक्षको लागि यो समय अत्यन्तै शुभ रहनेछ। धनसम्बन्धी समस्या समाप्त हुनेछ। धन लाभको योग छ। नोकरी-व्यापारमा लाभको योग छ। मेष राशिका लागि यो समय अत्यन्तै लाभकारी साबित हुने देखिन्छ। गायन क्षेत्रमा सम्बन्धित मानिसहरुका विवाहको योग छ। शुक्रबारको दिन लक्ष्मी चालीसा पाठगर्दा लाभ हुनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : यस राशिका जातकको जमिनसँग जोडिएका समस्या हल हुन् सक्छ। यस अवधिमा हरेक खाले कार्यमा सफलता मिल्ने योग छ। अड्डा-अदालतको मामिलामा सफलता प्राप्त हुनेछ। माताको स्वास्थ्यको ख्याल गर्नुहोला। आँखा सम्बन्धी समस्या या मधुमेहले पिरोल्ने देखिन्छ। शुक्रबारको दिन चिनी या चामल दान गर्नुहोला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
शुक्रको गोचरले यस राशिका जातकको लागि औसत परिणाम ल्याउनेछ। धन खर्चको योग छ। लगानी गर्दा राम्रो परिणाम मिल्नेछ। भाई-बहिनीसँग तपाईको सम्बन्ध राम्रो हुनेछ। वैवाहिक जीवनमा मधुरता आउनेछ। खर्चमा नियन्त्रण गर्नुहोला। शुक्रबारको दिन माता लक्ष्मीलाई गोमती चक्र अर्पित गरे लाभ प्राप्त हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया