पोखरा विमानस्थलबाट उड्ना साथ क्याप्टेनले इन्जिन फेल भएको जानकारी गराएका थिए

काठमाडौँ / पोखराबाट आज बिहान ८: ५४ मा काठमाडौँका लागि उडेको यति एयरलाइन्सको ९ एन एएनजी कल्साइन को जहाजको बायाँ इन्जिन फेल भएको छ। विमानस्थलबाट उड्ना साथ क्याप्टेनले इन्जिन फेल भएको जानकारी गराएका थिए।

जहाज उडान भरेको ६ मिनेटमा पोखरा विमानस्थलमा फर्केर सुरक्षित अवतरण गरेको पोखरा विमानस्थलका सुचना अधिकारी देबराज सुवेदिले जानकारी दिए। जहाजमा ४५ जना यात्रु थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया