विप्लब प्रतिबन्ध हटाउन युरोप देखि दबाब !

काठमाडौँ, सरकारले नेत्र विक्रम चन्द (विप्लब) माथि प्रतिबन्ध लगाएसंगै विभिन्न क्षेत्रबाट यसको आलोचना भैरहेको छ । पार्टी भित्रै पनि ठुलो मतभेद चलिरहेको छ ।

यस्तैमा नेपाली जनप्रगतिशील मोर्चा, युरोपले विप्लब प्रतिबन्ध हटाउन माग गरेको छ । मोर्चामा आबद्ध युरोप, जर्मन, बेल्जियम, स्पेन, पोर्चुगल, बेलायतका संगठनहरुले एक संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।

बिगत केहि समय देखि नै नेकपा (विप्लब) र यसका कार्यकर्ता माथि गर्दै आएको नियोजित दमन र हाल लगाएको राजनीतिक प्रतिबन्धले वर्तमान नेपाल सरकारले आफ्नो वास्तविक सामाजिक फासीवादी चरित्र उदाङ्गो पारेको उनीहरुले जनाएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया