काठमाडौँ, नेत्र विक्रम चन्द ( विप्लब ) नेतृत्वको नेपाल कन्युनिस्ट पार्टीका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्ज सहदेव थारु ( बिहानी ) ले पार्टी परित्याग गरेका छन् ।
बिहीबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले आफुलाई को नीति, सिद्धान्त, विचार मन नपरेको कारण देखाउँदै पार्टी परित्याग गरेको बताएका छन् ।
उनका अनुसार पछिल्लो समय विप्लव समूहले गरेको हिंस्रक गतिविधिले समाजमा सकारात्मक सन्देश नदिएको हुँदा आफूले उक्त समूह परित्याग गरेको हो ।
उनले आम नागरिकले देशमा शान्ती खोजि रहँदा पुन युद्धको झल्को आउने गतिविधी दोहोर्याउनु उचित नभएको बताएका छन् । वैशाख १३ मा उनलाई प्रहरीले सार्वजनिक मुद्दा लगाएर गिरफ्तार गरेको थियो ।
अदालत तुलसीपुरबाट बन्दी प्रत्यक्षीकरण माथि बहस गर्दै रिहा गर्न आदेश दिएता पनि उनि प्रहरीको उच्च निगरानीमा थिए ।