विप्लब कार्यकर्ताको आमरण अनसन !

फाइल फोटो

काठमाडौँ, नेपाल सरकारले विप्लब माथि लगाएको प्रतिबन्धको झन्डै एक साता पश्चात उक्त समूहको एक कार्यकर्ता आमरण अनसनमा बसेका छन् ।

विप्लबका विद्यार्थी नेता पदम पोखरेलले कारागारले ‘आस्थाका बन्दी’को व्यवहार नगरेको भन्दै अनसन बसेका हुन् । आफू पार्टीका कुनै पनि गतिविधिमा संलग्न नहुँदा नहुँदै पनि प्रहरीले आफूलाई नियन्त्रणमा लिएको उनको गुनासो रहेको छ ।

आस्थाको बन्दी भए पनि प्रहरीले अपराधीलाई जस्तो व्यवहार गरेकाले उनि ३६ घण्टादेखि अनसनमा छन् । उनलाई हिरासतमा हुने अन्य बन्दिहरु झैँ पनि सुविधा नपाएका उनको भनाई छ । तर प्रहरीले भने यो आरोपलाई स्वीकारेका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया