विप्लबद्वारा जेष्ठ १३ गते नेपाल बन्द घोषणा ( विज्ञप्ति सहित )

काठमाडौँ,   केहि दिन अघि प्रहरीको गोली लागेर विप्लबका कार्यकर्ता तीर्थ घिमिरेको मृत्यु भएको थियो ।

प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको भएता पनि यस दाबीलाई खण्डन गर्दै नेकपा सगरमाथा व्युरोका नेता शैलेसले प्रहरीसँग कुनै मुठभेड नभएको र प्रहरीले आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर हत्या गरेको बताएका थिए ।

यसैमा कार्यकर्ताको मृत्यु पश्चात विप्लब नेतृत्वमा रहेको नेकपाले विभिन्न संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाल बन्द सहित चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

विज्ञप्तीमा उल्लेख छ, ‘ हाम्रा नेता र कार्यकर्ताको हत्या र दमनको अभियान चलाउँदै जनतामा पैदा भएको आक्रोसलाई न्युनिकरण गर्दै आफनो अक्षमता लुकाउन, सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता कमरेड तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फासीवादी अनुहार नागिंएको मात्र होइन कि यो सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियान अभियानलाई रोक्ने दुस्साहास गरिराखेको छ । ‘

विप्लवले विज्ञप्ति मार्फत सार्वजनिक गरेका संघर्षका कार्यक्रमहरु यस प्रकार रहेका छन् : 

  • १० र ११ गते भण्डाफोर, कोणसभा
  • १२ गते देशव्यापी मसाल जुलुस
  • १३ गते नेपाल बन्द

फेसबुकबाट तपाईको प्रतिक्रिया