विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा विपत्ति मा परेका जनतालाई एक गाँस खुवाउन धौ धौ प्रदेश सरकारलाई : सी. के. राउत !

फाइल फोटो

काठमाडौँ, देश टुक्र्याउने नारा लिएर हिँडेका डा. सी. के. राउत मूलधारको राजनीतिमा प्रवेश गरेका केहि समय बित्दा नबित्दै उनले प्रदेश नम्बर दुई सरकार माथि गम्भीर आरोप लगाएका छन् ।

गत आईतबार मात्र अचानक आएको आँधीहुरीले बारा र पर्सा माथि ठुलो विपत्ति ल्याएको छ । न गाँस, न बास, न कपासको ठेगान छ । जनधनको क्षतिको लेखा जोखा नै छैन कति हो कति ?

टन्नै राहत संकलन भैसकेका छन् र करोडौँको घोषणा पनि तर , जनता अझै भोका-नाङ्गा नै छन् । हावाहुरीका कारण प्रभावितलाई अझै पनि राहत दिन नसकेको भन्दै राउतले प्रदेश दुईका मुख्य मन्त्री लालबाबु राउतलाई भ्रष्ट रहेको टिप्पणी गरेका छन् ।

उनले सबै काम केन्द्र सरकारको मात्र भए प्रदेश सरकार के को निम्ति भन्ने प्रश्न पनि उठाएका छन् । उनले केन्द्र सरकारलाई दोष लगाएर प्रदेश सरकारले बाहना गर्दै आफ्नो असक्षमता र भ्रष्टाचार लुकाउन खोजेको जनाएका छन् ।\

उनले आफ्नो अफिसियल पेजमा लेखेका पोस्ट जस्ता को तस्तै :

केन्द्रलाई नै सबैकुरा भन्ने भए प्रदेश सरकार के का लागि ? मुख्यमंत्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन। भोजभतेर मैं ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन। जनतासँग छाला काढे सरी कर बढाएर उठाएको करौडौं रुपैयाँ पोखरी र मंदिर सौन्दर्यीकरणको नाममा आफ्ना लठैत पाल्न खर्च गर्दा केन्द्र बाधा भएन। तर अहिले भोक-भोकै घरबारविहिन भएर बिचल्ली परेका बाराका हुरी पीडित जनताहरुलाई १०-२० दिन सामूहिक रुपमा मेस संचालन गरेर दाल-भात खुवाउन मुख्यमंत्रीलाई केन्द्र बाधा भयो ? बहानाको पनि हद हुन्छ। हरेक कुरामा केन्द्रलाई दोष दिएर आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोज्ने ?
के प्रदेश सरकार स्वराजीहरुको हत्या गर्न, पक्राऊ गर्न र दमन गर्न मात्रै हो ?
#असक्षम #भ्रष्ट #दलाल #प्रदेश_नं_२_सरकार

फेसबुकबाट तपाईको प्रतिक्रिया