काठमाडौँ, सरकारले वैदेशिक रोजगारीमा गएका युवाहरु विदामा नेपाल आउँदा नेपालमै मृत्यु भए पनि ७ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ ।
सरकारले वैदेशिक रोजगारीका क्रममा बिरामी भइ उपचारका लागि नेपाल आएर मृत्यु भएमा पनि सहायता दिने तैयारी गरेको हो ।
साथै सरकारले उपचारका क्रममा मृत्यु भएका मात्र नभइ साधारण बिदामा आएको अवस्थामा मृत्यु भएमा पनि सहायता रकम दिने गरी कानुनी व्यवस्था गर्न छ । यस समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।
करार अवधिमा बिदा आएर स्वदेशमा मृत्यु भएका युवालाई सहायता दिनेबारे प्रस्ताव वैदेशिक रोजगार बोर्ड सञ्चालक समितिको बैठकले तैयार पारेको हो ।